घाइते मजदुरलाई सुनाखरी युवा क्लबको आर्थिक सहयोग

असोज २५ गते, पथरी । मोरङको पथरीशनिश्चरे–१, पथरी बजारमा स्थापित सुनाखरी युवा क्लवले घरको तीन तला माथिबाट खसेर सक्त घाईते भएको मजदुरलाई आर्थिक सहयोग प्रदान गरेको छ

शनिबार वडा नं. १, बजारमा घरभएका ४३ बर्षिय युवराज गुरुङलाई क्लबले एक लाख २१ हजार १ सय ९९ रुपैयाँ हस्तान्तरण गरेको हो । सहयोग हस्तान्त्रण गर्न क्लबका अध्यक्ष मिलन राई, सचिव मनि सुब्बा, सल्लाहकार उपेन्द्र सुब्बा, विकास चाम्लिङ लगायत  घाइतेको घर पुगेका थिए ।

सहयोग संकलन गर्ने क्रममा टिकाराम खपाङ्गी, तुलशा लिम्बू, संजिव राई लगायतले प्रदान गरेको नाम र रकम वाचन गरेर सुनाइएको थियो ।
पथरीबजार स्थित अनोज श्रेष्ठको घर बनाउने क्रममा गत भदौ ३ गते तीन तला माथिबाट खसेर गुरुङ गम्भीर घाइते भएका थिए । ढाडको मेरु दण्डमा चोट लागेको गुरुङको धरान स्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । गुरुङको मेरुदण्डमा स्टील लगाएको घाइते छ ।

घाइते युवराज गुरुङ ढुङ्गा, इँटा जोडाइ लगायतको काम गर्ने मिस्त्री हुन् । उनको एक छोरा र छोरी छन् । मजदुरी गरेर परिवार चलाउदै आएको गुरुङ डेढ महिनादेखि अस्पतालमा उपचारपछि घरमा बस्नु पर्दा जिविको पार्जनमा समस्या हुदै आएको उनले बताए । उपचारमा हालसम्म चार लाख बढी खर्च भएको गुरुङले बताए । सोही समस्या बुझेर थोरै भएपनि सहयोग गरेको सुनाखरी युवा क्लवका सचिव मनि सुब्बाले बताए

सम्बन्धित खवर