कात्र्तिक ५ गते, पथरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पथरीशनिश्चरे ८ नम्बर वडा कमिटिद्धारा वडाका विपन्न वर्गलाई खाट वितरण सुरु गरेको छ ।
बुधबार वडा कमिटीले चिसो भुइँ मुक्त वडा बनाउने अभियानका साथ अति बिपन्न भइ हालसम्म घरमा खाट नहुने परिवारको पहिचान गरी सुत्ने खाट वितरण सुरु गरेको हो ।
वडामा बडा दशैको अवसर पारेर ४२ घरलाई खाट वितरण गरिएको छ । खाट नगरपालिकाका मेयर दिलिपकुमार राईको हातबाट वितरण गरिएको थियो । मेयर राईले वडा कमिटीले पार्टीलाई सामाजिकिकरण गरेर जनतामा पार्टीलाई स्थापित गर्दै लगेकोमा धन्यवाद ज्ञापन गर्दै यस्तो नयाँ किसिमको अभियानलाई सक्ने सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।
जनताको कम्युनिस्ट पार्टी हुँदा पनि जनता चिसोभुइमा सुत्न बाध्य भएको कुरा पटक्कै चित्तबुँझ्दो नभएकोले वडा कमिटीको तर्फबाट यो कार्यक्रम सुरु गरिएको र यस्ता कार्यक्रम निरंन्तरता दिएर वडालाई चिसो भुइमुक्त बनाएर छाड्ने वडाकमिटि अध्यक्ष नवीनजङ्ग कार्कीले बताए ।