कात्र्तिक ५ गते, पथरी । दशैं खर्चको सहजतालाई ध्यानमा राखेर मोरङको पथरी शनिश्चरे नगरमा सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरिएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थालाई ख्याल गरेर बैंकमा बढ्ने भिडभाड कम गर्न स्वास्थ्य सतर्कता अपनाउँदै केही वडाहरुले वडा कार्यालयहरुमार्फत चालु आर्थिक वर्षको पहिलो चौमासिक भत्ता वितरण गरेका छन् ।
यसक्रममा, आज वडा नम्वर ६ र ७ मा बैंकका कर्मचारी वडा कार्यालयमा पुगी भत्ता वितरण कार्य अघि बढाइएको छ । ६ को सृजना फाइनान्स र ७ को प्रभु बैंकबाट वितरण गरिएको हो । जनप्रतिनिधिको अगुवाईमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सतर्कता अपनाएर भत्ता वितरण गरिएको सामाजिक विकास समिति संयोजक एवम् ७ नम्वर वडाध्यक्ष कपिलमणि ढकालले जनाए ।
भोली वडा नम्वर १० ले पनि कुमारी बैंकका कर्मचारीको साथमा वडा कार्यालयबाट भत्ता वितरण गर्ने भएको छ । ७० वर्षमाथिका ज्येष्ठ, अपाङ्गताको क र ख श्रेणी, ६० वर्षमाथिका दलित, ५ वर्षसम्मका दलित बालबालिका, विधवा तथा एकल महिलाका लागि सरकारले व्यवस्था गरेको सामाजिक सुरक्षा भत्ता वितरण हुने गर्दछ ।