Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
पथरीशनिश्चरेमा १० जना संक्रमित थपिए, मृत्यु हुनेको संख्या ५ जना पुग्यो - Nigranitimes

पथरीशनिश्चरेमा १० जना संक्रमित थपिए, मृत्यु हुनेको संख्या ५ जना पुग्यो

कात्र्तिक २२ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा पछिल्लो पटक १० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

प्रदेश सरकारको प्रयोगशालामा ३९ जना नयाँ र १८ जना यसअघि संक्रमित भएकाहरुको गरी कुल ५७ जनाको नमूना परीक्षण गरिएको थियो । आज आएको रिपोर्टमा, नयाँमा १० जना र पुरानामा ३ जना गरी १३ जनामा संक्रमण देखिएको नगरपालिकाले जनाएको छ । जसमा ७ महिला र ६ पुरुष रहेका छन् ।

संक्रमित हुनेहरुमा नगरपालिकाका कर्मचारी सहित समुदायका व्यक्तिहरु रहेका छन् । जसमा, वडा नम्वर १ का ५ महिला र ३ पुरुष, २ का १ पुरुष, ४ का २ पुरुष, ५ की १ महिला र १० का १ पुरुष रहेका छन् ।

नगरमा कोरोना संक्रमणबाट हालसम्म ५ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमण बढ्दो क्रममा रही ज्यान गुमाउनेको संख्या समेत बढ्दै गएको अवस्थामा नगर प्रमुख दिलीपकुमार राईले अनिवार्य मास्कको प्रयोगका साथै साबुनपानीले हात धुने, सेनिटाइजर लगाउने, भिडभाड नगरी कम्तिमा डेढ मिटरको दूरी कायम गरी अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा आव्हान दोहोर्याउनु भएको छ । चाडपर्वमा पाहुना जाने र पाहुना आउने नगरी आआफ्नै घरमा बसेर स्वास्थ्य सतर्कता अपनाउन पनि अपिल गरेका छन् ।

सम्बन्धित खवर