मुलुकसिंह बचाउन १ लाख १६ हजार परिवारलाई हस्तान्तरण

कात्र्तिक २३ गते, कानेपोखरी । लामो समयदेखि प्यारालाइसिस पीडित मुलुकसिंह लिम्बुको परिवारलाई १ लाख १६ हजार १ सय ६० रुपैया हस्तान्तरण गरेको छ ।

कानेपोखरी –४, प्रगती चोक निवासी ६० बर्षिय मुलुकसिंह बचाउ अभियान नै चलाएर स्वादेश र विदेशबाट संकलित सो बराबरको रकम हस्तान्तरण गरेको हो । सो रकम कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष राजमती इङ्नाम, नेकपा प्रदेश सदस्य इन्द्र सुब्बा लगाएतले हस्तान्तरण गरेका थिए ।

छिमेकी समाजेवी भूपेन्द्र सुब्बा र वैदेशीक रोजगारमा साउदीमा रहेका भिम लिम्बुको विशेष पहलमा सो बराबरको रकम संकलन गरेको थियो । विरामी मुलुकसिंहलाई भारतको खरैया सम्म दुई पटक उपचारको निम्ती लगिसकेको छ । त्यहाँबाट ल्याएको औषधि अहिले दैनिक प्रयोग गरिरहेको छ । पहिलेको भन्दा अहिले अलिक सुधार हुदै गएको भूपेन्द्र सुब्बाले बताए । रकम ३४ हजार ५ सय रुपैयाँ बिरामीको उपचार गर्न खर्च भैसकेको छ ।
हस्तान्तरण कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष धनबहादुर राई, वडा सदस्य रोशन लामिछाने गुरुङ, नेकपा कानेपोखरी गाउँकमिटि सचिव मनोज राजवंशी, कार्यलय सदस्य भोजबिर माझी, स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारी लगाएत उपस्थित रहेका थिए ।

 

सम्बन्धित खवर