डाँस खोला उत्खनन् गर्न आइइइ तयार

मंसिर ११ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले डाँस खोलाको ढुंगा, गिट्टी र बालुवा के कति उत्खनन् गर्न सकिने भन्ने वातावरणीय प्रभाव मुल्यांकन (आइइइ) तयार गरेको छ ।

वडा नम्वर १०, ९, ८ र ६ नम्बर वडालाई छोएर बग्ने डाँसखोलाबाट ती वडाका ६ वटा क्षेत्रमा त्यसको आइइइ भएको त्यस कार्यमा संलग्न डिजाइन इन डेप्लोपर संस्थाले शुक्रबार नगरपालिका कार्यालयमा एक कार्यक्रमकाबीच जानकारी गराएको छ । सो आइइइ नगर कार्यपालिकाले पारित गरेको छ ।

यसैबीच, कार्यपालिका सदस्यहरुबीच आजै गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको बारेमा अभिमुखिकरण भएको छ । मेडपा संस्थाकी प्राविधिक अधिकारी सविता कोइरालाले सवै पालिकाहरुमा सरकारले सञ्चालनमा ल्याउँदै गरेको सो कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

सम्बन्धित खवर