शुक्रबार, अशोज ३१, २०८२

स्वास्थ्य निकायमा उपलब्ध गराउने औषधिका बारेमा अनुगमन्

पुस २१ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरले पछिल्लो पटक खरिद गरी मातहतका स्वास्थ्य निकायमा उपलब्ध गराउने औषधिका बारेमा अनुगमन् समितिले जानकारी लिएको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोला, सदस्यहरु यामप्रसाद गुरागाईं, मैनाकुमारी राई लिम्बू, निर्मला गदाल, सामाजिक विकास समिति संयोजक कपिलमणि ढकाल सहितको टोलीले स्वास्थ्य शाखासँग खरिद भएको औषधिको अवस्थाका बारेमा जानकारी लिई अनुगमन् गरेको हो ।

नगरले आफ्नो मातहतको नगर अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्रमार्फत नगरवासीलाई निःशुल्क रुपमा प्रदान गर्न १९ लाख ७१ हजार ६ सय ६८ रुपैयाँको विभिन्न प्रकारका औषधि खरिद गरेको छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.