वडामा लागूपदार्थ दुव्यर्सन विरूद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

बैशाख ३ गते, पथरी । मोरङको पथरीशनिश्चरे ४ स्थित शनिश्चरे बजारमा लागूपदार्थ दुव्यर्सन विरूद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

वडा नं. ४ को सहयोग र नेपाल पत्रकार मञ्चको आयोजनामा विहीबार कार्यक्रम सम्पन्न भएको हो । । लागुपदार्थको प्रयोग बारे वडाभरीका सामुदायिक विद्यालयका शिक्षक, राजनीतिक दल, युवा, महिला, जेष्ठ नागरिक र जनप्रतिनिधिहरु बीच लागूपदार्थ दुव्यर्सन विरूद्ध जनचेतनामूलक कार्यक्रम गरिएको मञ्चका अध्यक्ष मोहन भट्टराईले जनाए । सहभागीहरुलाई इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक कृष्ण थापाले सहजीकरण गरेका थिए । अन्तरक्रियामा थापाले लागू पदार्थ ओासारपसार तथा दुव्र्यसन नियन्त्रण गर्न प्रहरी र समाजका सबै पक्ष एकजुट भए मात्र सम्भव हुने बताए ।

कार्यक्रममा संविधानसभा सदस्य लालबहादुर सुस्लिङले लागुऔषधको प्रयोगले दुव्यर्सनीको सोंच, निर्णय, सम्बन्ध र मानसिकतामा गहिरो प्रभाव पारेको बताए । उनले लागुऔषधहरुको उपलब्धताका लागि दुव्यर्सनीहरु जे–जस्तो अपराधहरु गर्न पनि पछि नपर्ने भन्दै सचेत रहन सबै पक्षलाई आग्रह गरे ।

कार्यक्रमका अध्यक्ष ४ नं. वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले लागू औषध सेवनले पथरीशनिश्चरे नगरपालिकामा प्रमुख चुनौती बन्दै गएको बताए । ‘यस्ता समस्याहरु पूर्ण रुपमा अन्त्य गर्न नसकेपनि न्युनिकरण भने पक्कै गर्न सकिन्छ’–वडाध्यक्ष भण्डारीले भने ‘यी समस्याहरु पूर्ण रुपमा अन्त्य गर्न नसकेपनि न्युनिकरण भने पक्कै गर्न सकिन्छ ।’ त्यही प्रयास स्वरुप आफुहरुले वडा नं. ४ मा लागू औषध प्रयोग, असर र न्युनिकरण सम्बन्धी अन्तरक्रिया मार्फत् जनचेतना फैलाउने र योसँग सम्बन्धीत अपराध कम गराउनु आवश्यक ठानेर कार्यक्रम गरेको जानकारी दिए ।

कार्यक्रममा जनकल्याण आधारभुत विद्यालयका प्रधानअध्यापक देउमान लिम्बूले सम्पन्न परिवारका मात्र नभई अन्य धेरै परिवारका, बाबुआमाका सपना बोकेका, समाजका होनहार आशालाग्दा यूवाहरु लागू औषधको दुव्यर्सनका फँसेको बताए ।

नगर कार्यपालिका सदस्य भद्रमान विश्वकर्माले प्रशासन, समाज र जिम्मेवार नागरिक नेतृत्वले युवा वर्गमा बढ्दै गएको लागु औषध दुव्र्यसनको समस्यालाई समयमै ध्यान नपुर्याएमा समाज अझ बिग्रँदै र भत्कँदै जाने चिन्ता व्यक्त गरे ।

वडा सदस्य तुलसादेवी दर्जीले स्वागत गरेको कार्यक्रममा वडा स्तरीय संयुक्त महिला समितिकी कोषाध्यक्ष फुलमाया तामाङ, नगर खेलकुद विकास समिति सदस्य राजकुमार विश्वकर्मा, जेष्ठ नारिक समाज ४ नं वडा संयोजक भोलानाथ रिजाल, नेपाली कांग्रेस वडा सभापति नन्दबहादुर बस्नेतलगायतले लागुऔषध उत्पादन, ओसार पसार, बिक्रि वितरण, भण्डार एवं उपयोगलाई नियन्त्रण गर्नु जरुरी रहेको औंल्याएका थिए ।

सम्बन्धित खवर