जेठ २८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरले स्वास्थ्य सतर्कता अपनाउँदै चालु आर्थिक वर्षका सम्पन्न योजनाहरु निरन्तर अनुगमन् गरिहेको छ ।
नगर उपप्रमुख एवम् योजना अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको नेतृत्वमा प्राविधिक सहितको टोलीले आज २ वटा योजनाको अनुगमन् गरेको छ । जसमा वडा नम्बर ३ स्थित आवादी पैनी जाने दक्षिण नरहरि बरालको घर जाने १ किलोमिटर २ सय ३० मिटर अधुरो सडकको ग्राभेलिङ कार्यको अनुगमन् भएको छ ।
वडाको ७ लाख ५० हजार रुपैयाँको बजेटमा ३ दशमलव ७५ मिटर चौडाई र १५ सेन्टिमिटर मोटाईको ग्राभेलिङ सम्पन्न भएको हो । यसैगरी, ८ नम्बर वडाध्यक्ष बाबुराम दहालको समेत सहभागितामा ८ नम्बर वडा कार्यालय भवनको पनि अनुगमन् भएको छ । संघीय सरकारको योजना अन्तर्गत ४५ लाखको लागतमा २ तले भवन सम्पन्न भएको छ ।
टोलीले ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकका लागि शनिश्चरे स्वास्थ्य चौकीमा सञ्चालन भइरहेको कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लगाउने कार्यको पनि अनुगमन् गरेको छ ।