जेठ ३० गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको योजना तर्जुमा समितिले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि विषयत समितिमार्फत नीति, कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धमा लगातार बैठक बसी छलफल अघि बढाएको छ ।
नगर उपप्रमुख एवम् समिति संयोजक यमुना विष्ट वास्तोलाको अध्यक्षताको बैठकमा नगरमा रहेका ६ वटा विषय समितिका नीति, कार्यक्रममाथि छलफल भएको छ ।
यस क्रममा आज विधायन समिति, भौतिक पूर्वाधार समिति, वातावरण तथा विपत व्यवस्थापन समिति र सार्वजनिक सुशासन तथा क्षमता विकास समितिको नीति, कार्यक्रम बारे छलफल गरि कार्यपालिका बैठकमा लाने निर्णय गरिएको छ ।
सामाजिक विकास समितिको नीति, कार्यक्रम बारे भोली वस्ने बैठकले छलफल गर्ने समिति संयोजक वास्तोलाले जनाए । हिजो आर्थिक विकास समितिले प्रस्तावित रुपमा अघि सारेको नीति, कार्यक्रमका बारेमा छलफल भएको थियो ।