गाउँपालिकाद्धारा जग्गा दातालाई सम्मान

राजकुमारी तामाङ
असार २७ गते, बयरवन । मोरङको कानेपोखरी गाउँपालिकाले वडा कार्यालयको भवन उद्घाटन गर्ने कार्यक्रममा जग्गा दातालाई सम्मान गरेको छ ।

वडा नं. ३ को वडा कार्यालयलाई निशुल्क जग्गा प्रदान गर्ने महेश्वर खड्का र निर्मला खड्कालाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामले जग्गा दातालाई सम्मान गरेको थियो ।

महेश्वर खड्काले ३ कट्ठा र निर्मला खड्काले २ कट्ठा गरी जम्मा ५ कट्ठा जग्गा वडाकार्यालय निर्माणको लागि निशुल्क प्रदान गरेका थिए । उनिहरुले ७४ माघमा जग्गा वडाकार्यालयको नाममा पास गरिदिएर हस्तान्तरण गरेका थिए ।

त्यसैगरी डिल्ली प्रसाद ओझा, विजयजङग बस्नेत, रमेश बस्नेत र दिपक ढकालले संयुक्तरुपमा ३ कट्ठा जग्गा ७ नं. वडा कार्यालय निर्माणका लागि निशुल्क दिएका थिए । उनिहरुले २०७५ सालमा जग्गा वडा कार्यालयको नाममा पास गरिदिएका थिए । जग्गा दाताहरुलाई गाउँपालिकाले गत बर्ष नै सम्मान गरेको थियो ।

 

 

सम्बन्धित खवर