साउन २९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको बैठकले कोरोना सतर्कता बढाउन नगरवासीमा अनुरोध गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको शुत्रबार बसेको बैठकमा, कोरोना भाइरस जोखिम न्यूनिकरण जिल्ला समितिले जारी राखेको निषेधआज्ञालाई कडाईका साथ पालना गर्न नगरवासीमा अनुरोध गर्ने निर्णय भएको प्रवक्ता यामप्रसाद गुरागाईंले बताए ।
बैठकमा, अनिवार्य मास्क लगाउने, भिडभाड नगरी कम्तिमा डेढ मिटरको भौतिक दूरी कायम गर्ने, सेनिटाइजर लगाउने र साबुनपानीले हात धोइरहने कुरामा जोड दिन सवैमा अनुरोध गरेको छ । बैठकले, यस अघि नक्सापास नगरी निर्माण भएका घरहरुलाई कानूनमा तोके बमोजिमको शुल्क लिएर नक्सापास प्रक्रियामा ल्याउने, जिल्लाले तय गरेको दररेट चालु आर्थिक वर्षका लागि लागू गर्ने र चालु आर्थिक वर्षको योजना कार्यान्वय चाँडैबाट अघि बढाउन सुरु गर्ने सहितको निर्णय गरेको छ ।
मनमोहन गान्धीमार्गलाई ६० फिट चौडाई कायम गर्ने कुरामा पुन सम्बन्धित सरकारी निकायमा पत्राचार गर्ने पनि निर्णय भएको छ ।