मदन भण्डारी स्पोर्टस एकेडेमीको अध्यक्षमा रन्जित

भदौ १९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका स्तरीय मदन भण्डारी स्पोर्टस एकेडेमीको समिति गठन भएको छ ।

शनिबार पथरीमा भएको भेलाले रन्जित कार्कीको अध्यक्षतामा ५१ सदस्य स्पोर्टस एकेडेमी समिति गठन भएको हो । समितिको उपाध्यक्षमा योगेश श्रेष्ठ, प्रनेश लिम्बु, त्यसैगरी सचिवमा दिवस खड्का, सहसचिवमा जमुना आले मगर र कोषध्यक्षमा जीवन चौहान सहित ५१ जना सदस्य सर्वसहमत चयन भएका छन् । नव गठित पदाधिकारी र सदस्यहरुलाई एमाले पार्टी प्रदेश सदस्य युवराज बास्कोटाले सपथ खुवाएको थियो ।

कार्यक्रममा नेपाल खेलकुद महासं केन्द्रिय सल्लाहकार सदस्य मनोज बिक्रम शाह, पार्टी प्रदेश कमिटि सदस्य युवाराज बास्कोटा, देबराज भण्डारी, नेकपा एमाले जिल्ला सदस्य तथा नेकपा एमाले पथरीशनिश्चरे नगर कमिटि अध्यक्ष मोहन तुम्बापो, जिल्ला सदस्य भोला अधिकारी, पर्शु मिश्र रहेका थिए ।

त्यसैगरी नगरका उपमेयर तथा नेकपा एमाले ३ नम्बर क्षेत्रीय सदस्य यामुना बिष्ट बास्तोला, राष्ट्रिय युवा संघ नेपाल उप–महासचिव बिजय डागी, केन्द्रिय सदस्य संजिव गिरी, मनि लिम्बु, भक्त राई, नेकपा एमाले पथरी शनिश्चरे ८ नंम्बर शाखा कमिटि अध्यक्ष नबिन कार्की लगायतको उपस्थीती रहेको थियो । कार्यक्रम मदन भण्डारी स्पोर्टस् एकेडेमीका मोरङ जिल्ला अध्यक्ष भुपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर