ओरेक नेपालद्धारा कानेपोखरीमा युवा समूह गठन

भदौ २९ गते, बयरवन । मोरङ कानेपोखरी गाउँपालिकाको ३ नम्बर वडामा ओरेक नेपालले युवा समूह गठन गरेको छ ।

सोमबार एक कार्यक्रमको आयोजनागरी गठन गरिएको समितिको अध्यक्षमा राजकुमारी तामाङ चुनीएका छन् । त्यसैगरी सचिवमा प्रभु चौधरी सहित ९ सदस्य समिति गठन गरिएको ओरेक नेपाल कानेपोखरीका खेम कुमारी दाहालले बताईन् ।

वडा सदस्य इन्दिरा राजवन्शीको अध्यक्षता र वडाध्यक्ष कीर्तिमान मादेनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा सदस्य उद्य कार्की, चन्द्र खडका, खिना दाहाल लगायतको अतिथि रहेका थिए ।

कार्यक्रम संचालन ओरेक नेपाल कानेपोखरीका खेम कुमारी दाहालले गरेका थिइन भने ओरेक परियोजना कार्यालय विराटनगरको आयोजना रहेको थियो ।

ओरेक नेपाल सामाजिक संस्था हो । यसले मानव अधिकारको क्षेत्रमा बिगत २८ वर्ष अघि देखि काम गर्दै आइरहेको छ ।

 

सम्बन्धित खवर