उपमेयर सहितको टोलीले पेट्रोलको मुल्यमा छड्के अनुगमन्

कात्र्तिक १ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा दशैंको मौका पारेर बाटाभरी खुला रुपमा महंगोमा पेट्रोल बेच्ने गरेको पाइएपछि नगरपालिका कार्यालयले त्यसको अनुगमन् गरेको छ ।

पम्पहरुमा पेट्रोलको अभाव रहेको मौका छोपी दशैंमा आफन्तकोमा टीका लगाउन जानेआउने मानिसहरुको भीडभाडलाई वाध्य पार्ने हिसावले १ सय २८ रुपैयाँ ९५ पैसा प्रतिलिटरको पेट्रोल हिजो प्रतिलिटर ३ सय रुपैयाँसम्ममा विक्री वितरण भएको खुल्न आएको हो । वडा नम्बर १ स्थित पथरी बजारको पूर्व बसस्टेण्ड भन्दा पूर्व उत्तरमा रहेको चौधरी होटल र बुद्धचोकको सैलुन अगाडि सहितका ठाउँमा प्रतिलिटर ३ सय रुपैयाँसम्ममा पेट्रोल बेचेको जानकारी पाएपछि आज नगरपालिकाले अनुगमनन् गरेको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको नेतृत्वमा राजस्व शाखा प्रमुख ताराप्रसाद ढकाल तथा नगर प्रहरीको सहभागितामा खुला रुपमा छ्यापछ्याप्ती पेट्रोल बेचिएको अवस्थाको अनुगमन् गरिएको छ । अनुगमन्का क्रममा ठाउँ ठाउँ प्लाष्टिकको बोतलमा खुला रुपमा राखेर विक्री वितरण भएको पेट्रोलको मुल्य छड्के जाँच गर्दा आज पनि प्रतिलिटर १ सय ५० रुपैयाँमा बेच्ने गरेको पाइएपछि बढी मुल्य लिएर विक्री वितरण नगर्न चेतावनी दिइएको छ । साथै अवका दिनमा कानून विपरित खुला रुपमा पेट्रोल विक्री वितरण नगर्न समेत चेतावनी दिइएको नगर उपप्रमुख वास्तोलाले वताइन ।

पेट्रोल प्रतिलिटर १ सय ५० रुपैयाँमा बेच्दै गरेको र अनुगमन् टोली पुगेपछि १ सय ४० रुपैयाँमा बेचेको भनेर पसलेले ढाँटेका थिए । त्यस अवस्थामा पेट्रोलका ग्राहकलाई प्रति लिटर १० रुपैयाँ रकम अनुगमन् टोलीले फिर्ता समेत गराएको छ । चिसो पेय पदार्थ कोक सहितमा पनि केहि पसलहरुमा कालाबजारी हुने गरेको जानकारी आएको छ । साथै सडक क्षेत्रमा फलफुल सहितका पसलहरु पुनः राख्न थालिएको पाइएको तत्काल पसल पहिलेकै ठाउँमा मात्र सञ्चालन गर्न व्यवसायीहरुलाई अनुरोध समेत गरिएको छ ।

सम्बन्धित खवर