एमाले कानेपोखरीमा अध्यक्ष पदमा ४ जनाको उमेद्वारी, अध्यक्षमा मात्र निर्वाचन हुने संम्भावना

कात्र्तिक १० गते, पथरी । नेकपा(एमाले) कानेपोखरी गाउँ कमिटीको अध्यक्ष पदमा ४ जनाले उमेद्वारी दिएका छन् ।

मंगलबार भएको गाउँ अधिवेशनमा अध्यक्ष पदमा दानबहादुर बस्नेत, सुशिल बुढाथोकी, भूपाल श्रेष्ठ र खडानन्द घिमिरेले उमेद्वारी दिएका हुन । त्यसैगरी उपाध्यक्षमा खेमकुमारी दाहाल, यशोदा लिम्बु, चन्द्र खड्का र भिम बस्नेतले उमेद्वारी दिएका छन् ।

त्यसैगरी सचिव पदमा चरण गुरुङ, मोहन प्रसाद अधिकारी, अर्जुन मगर, खड्ग बस्नेत, हेमचन्द्र भण्डारीले उमेद्वारी दिएका छन् । त्यसैगरी उपसचिवमा अशोक फुयल, याम प्रसाद पौडेल, देवीन समाल आले, गोपाल भट्टाई, अनिल कार्की, वीर वहादुर कार्की, डम्बर बहादर कटुवाल, टंक प्रसाद घिमिरे, कृष्ण थामी र हरि न्यौपानेले उमेद्वारी दिएका छन् ।

अध्यक्ष पदमा उमेद्वारी दिने दानबहादुर बस्नेत र सचिव पदमा उमेद्वार दिने चरण गुरुङ भने निर्वतमान अध्यक्ष र सचिव हुन । एमालेको विधान अनुसार पदाधिकारीमा महिला अनिर्वाय एकजना भएपछि उपाध्यक्ष पदको महिला सर्वसमत हुने देखिन्छ । सचिव र उपसचिव पद पनि सर्वसहमतीमै जाने एक पक्षले बताएका छन् । सवै वडाहरुबाट गाउँ कमिटी सदस्यमा जाने हिजो मंगलबार नै टुङ्गो लगाई सकेका छन् ।

आज ३ बजे सम्म उमेद्वारी फिर्ता लिने समय राखिएको छ । भोली विहिबार निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ । केही उमेद्वारहरु आफ्ना टिम मिलाउने पक्षमा लागेका छन् भने केही उमेद्वारहरु प्रतिनिधिको घरघर गएर विहानै देखी भोट माग्न सुरु गरेका छन् ।

गत ६ गते वडा अधिवेशनबाट प्रतिनिधि छनौट चयन गरिएको थियो । वडाबाट गाउँकमिटीमा सदस्यरहने सवै, वडामा निर्वाचित ३१ जना र संगठित सदस्यको आधारमा वडा अधिवेशन हलबाट छनौट भएको प्रतिनिधि गाउँ कमिटीको उमेद्वारलाई मत दिने र उमेद्वार बन्ने अधिकार रहने विद्यानमा छ । गाउँपालिकाको ७ वटा वडाबाट ५१४ जना प्रतिनिधि रहेको छ ।

सम्बन्धित खवर