चिसाङ खोलाले दुई घर बगाए, दुई वडाका २१ घर विस्थापित

असार २९ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा चिसाङ खोलामा आएको बाढीले २ घर बगाउनुका साथै दुई वडाको २१ घरपरिवार विस्थापित भएका छन् ।

आइतबार आएको बाढीले वडा नं. २ स्थित चिसाङ खोलाले पाण्डप ऋषिदेव र पलान ऋषिदेवको घर बगाएको हो । वडाध्यक्ष सुशिल बुढाथोकीको नेतृत्वमा उनिहरुलाई खोलाबाट उद्धार गरी आफ्न्तकोमा राखिएको छ । पछिल्लो जानकारी अनुसार वडा नं. २ मा १० र वडा नं. ५ मा ११ गरी जम्मा दुई वडामा २१ घरपरिवार विस्थापित भएको वडाध्यक्ष चरण गुरुङले बताए ।

त्यसैगरी वडा नं. २ कै गीता बोहोरा, सन्दिप माझी, खुट्टा माझी, सुर्जा चौधरी, पुरनलाल चौधरी, सरिता शाह, विहारी ऋषिदेव, विन्दु चौधरी, रुन्ची चौधरी र खुशिलाल चौधरी सहित १० घर परिवार चिसाङ खोलाबाट विस्थापित भएका छन् । उनिहरु पनि सवै आफ्न्तको शरण लिएर बसेको अध्यक्ष बुढाथोकीले बताए ।
त्यसैगरी सोही दिन वडा नं. ५ का ८ घर विस्थापित भएका छन् । विष्णुमाया माझी, सरिता दनुवार, लक्ष्मि चौधरी, सोमामाया दनुवार, डम्बर माझी, सुनिता माझी, विर वहादुर माझी, उदय बहादुर माझी, अम्रीत दर्जि, मानबहादुर मगर र गणेश राईको घर परिवार विस्थापित भएको हो । वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङको नेतृत्वमा विस्थापित सवैलाई उद्धार गरी श्रीमावि स्कुलमा राखिएको छ । उद्धार कर्ताहरुले घरमा भएका लताकपडा, भाडाकुडा, धान चामल, बाख्रा, कुखुरा लगाएतका सामाग्रीहरु ट्याक्टर मार्फत ल्याएका थिए ।कटान क्षेत्रमा भएका घरहरु जनप्रतिनिधिहरु र स्थानीय मिलेर विहानै देखि भत्काएका थिए भने घरको खम्वाहरु जेसिवि मार्फत भत्काइएको थियो । खोलाले बन्दै गरेको झोलुङ्गे पुलको पिल्लरलाई पनि क्षती पुर्याएको छ । सो स्थानमा एकै रातमा ५ विगाह जग्गा कटान गरेको वडाध्यक्ष चरण गुरुङले बताए ।

सम्बन्धित खवर