असार २९ गते, पथरी । पथरीशनिश्चरे नगरका उपप्रमुख यामुना विष्ट बास्तोलाले खोलामा आएको बाढीले पुुर्याएको क्षतिको अनुगमन गरेका छन् । वडा नं. १० को जिरखिम्ती, ऐयावारीमा डाँसखोलाले कटान गरेको क्षेत्रमा अनुगमन गरेको हो ।वडाका जनप्रतिनिधिहरु समेत सहभागि भई कटान भएको क्षेत्रमा स्काभेटर लगाएर पानीको वहाव परिवर्तन गर्ने काम समेत गरेको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७६÷७७ को अन्तिम अवस्थामा आउँदा नगर भित्रका सम्पन्न योजनाहरुको अनुगमन्मा नगरको अनुगमन् समितिले थप सक्रियता देखाउँदै दैनिक अनुगमन् कार्य कडाई गरेको छ ।
यसक्रममा, वडा नम्वर १ स्थित शान्ति सामुदायिक वन अन्तर्गतको सिमसार क्षेत्रमा नगरको ५ लाख रुपैयाँको लागतमा पेवल विछ्याउने कार्यको अनुगमन् भएको छ ।
नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्राविधिक सहितको टोलीले वडा नम्वर २ स्थित जयचोक हुदै मायालुचोकमा पर्ने लाटीहोली पुलको दुवैछेउमा ढुगाको रिटेनिङ वाल निर्माण कार्यको पनि अनुगमन् गरेको छ । ४ लाख रुपैयाँको लागतमा एकतर्फी डे«न र वाल निर्माण भएको हो ।