साउन २ गते, मोरङ । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई कार्यकक्षमै चक्कु प्रहार भएको छ ।
शुक्रबार केराबारी –१० का भुवन ठकुरीले अध्यक्ष कार्की माथि चक्कु प्रहार गरेको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ । घटना लगतै घटनामा संम्लग्न ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ठकुरीले केराबारीमा पटके ठेक्का उठाउँदै आएको थियो । ठेक्काको अवधि सकिए पछि यसै विषयलाई लिएर ठकुरीले चक्कु प्रहार गरेको प्रहरीले बताएको छ ।
भाले भनिने ठकुरीले गाउँपालिकाको उपाध्यक्षको कार्यकक्षमा नै गएर चक्कु प्रहार गरेका थिए । चक्कु भाँचिए पछि उनले गार्डको खुकुरी समेत खोसेर प्रहार गर्ने प्रयास गरेका थिए ।
अध्यक्ष कार्कीलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि विराटनगर स्थित नोबल अस्पताल लगिएको छ । कार्कीको टाउकोमा गम्भीर चोट लागेको छ भने ।