साउन २१ गते, पथरी । शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग ( यूएनएचसीआर) को सहयोगमा लुथरन विश्व फेडेरेशनले मोरङ र झापाका भूटानी शरणार्थी प्रभावित क्षेत्रमा फलफुलका विरुवा निःशुल्क वितरण गरेको छ ।
मोरङको पथरीशनिश्चरेका विभिन्न वडाका लागि १ हजार वटा आँपका विरुवा, ५ सयवटा कागतीका विरुवा र ५ सय वटा लिच्चीका विरुवा वितरण गरिएको छ ।
यसका साथै पथरीशनिश्चरेमा रहेको भूटानी शरणार्थी शिविरमा ५ सय वटा आँपका विरुवा, ५ सयवटा लिच्चीका विरुवा, ५ सयवटा आँपका विरुवा र १ सय वटा रुद्राक्षका विरुवा वितरण भएको लुथरन दमकका सामुदायिक विकास सहायक विजयश्याम राजभण्डारीले बताए ।