पथरीशनिश्चरेमा भदौ १७ गतेसम्म लकडाउन थप, बैंक ३ घण्टा, सागसब्जी ४ घण्टा दैनिक खुल्ने

भदौ १० गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले भदौ १७ गतेसम्मलाई बन्दाबन्दी (लकडाउन) को समय थप गरेको छ ।

कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तीय समन्वय समितिको आजको बैठकले अन्य पालिकाबाट पथरीशनिश्चरे नगरमा प्रवेश गर्न निषेध गर्दै भदौ १७ गते राती १२ बजेसम्मलाई लकडाउन थप गर्ने निर्णय गरेको हो । नगरमै पर्ने पूर्वपश्चिम मुख्य सडक हँुदै अन्यत्र जानेहरुका लागि अनुमति लिएका अत्यावश्यक आवागमन्मा भनें निषेध गरिने छैन ।

नगरमा समुदायस्तरमा कोरोना फैलिनसक्ने अवस्थालाई रोक्न अन्त्यन्तै स्वास्थ्य सतर्कता अपनाएर लकडाउनको समय थप गरी लकडाउनलाई पूर्ण पालना गर्न नगरवासीलाई अनुरोध गर्ने निर्णय गरिएको नगर प्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तीय समन्वय समितिका संयोजक दिलीपकुमार राईले बताए । उनले अन्य पालिकाबाट प्रवेश हुनेहरुबाट कोरोना सर्ने अवस्था रहने भएकाले त्यसमा प्रहरी प्रशासनमार्फत थप कडाई गरिने निर्णय भएको पनि बताए ।

बैठकले शिलको अवस्थालाई लकडाउनका रुपमा रुपान्तरण गर्दै अत्यन्तै स्वास्थ्य सावधानीका साथ अत्यावश्यकीय खाद्यान्न, सागसब्जी, फलफुल, दुग्धजन्य पदार्थको व्यवसायलाई विहान ६ बजेदेखि विहान १० बजेसम्म कारोवार गर्न दिइने निर्णय पनि गरेको छ ।

अस्पताल, क्लिनिक, औषधि पसल, भेटेरीनरी, एम्बुलेन्स, सववाहन, पानी बोक्ने गाडी भनें खुला नै रहने निर्णय भएपनि नगरपालिका कार्यालय, वडा कार्यालयका अत्यावश्यकीय सेवा वाहेक सरकारी तथा गैरसरकारी कार्यालय, यातायातका सम्पूर्ण साधन, हाटबजार वन्द रहने छन् । बैंक तथा वित्तीय संस्था भनें विहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्र सञ्चालनको अनुमति छ । कोरोना सर्न सक्ने भएकाले सागसब्जी र फलफुल भनें यस पालिका बाहिरबाट ल्याउन नपाइने निर्णय गरिएको छ ।

विहानको समयमा खुल्न पाउने पसलमा कम्तिमा डेढ मिटरको सामाजिक दूरी कायम गरी अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्नुपर्ने, हातमा ग्लोब लगाउनु पर्ने उल्लेख गरिएको छ ।

सिटी सफारी, अटो रिक्सा, मोटरसाइकल सहितका यातायातका सम्पूर्ण साधन सञ्चालन नगर्न तथा घरभित्रै बसेर लकडाउनलाई पूर्ण रुपले पालना गर्न समेत अनुरोध छ ।

हालसम्म वन्द नै रहन सरकारले सूचित गरेका शैक्षिक संस्था, होटल, रेष्टुरेन्ट, लज, जिमखाना, व्यूटिपार्लर, फिल्म हल, धार्मिक तथा पर्यटकीयस्थलहरु पूर्ण वन्द नै राख्नु पर्ने निर्णय छ ।

लकडाउनको समयमा ७० वर्षमाथिका ज्येष्ठ र १२ वर्षमुनीका बालबालिकालाई घर बाहिर ननिस्किन विशेष अनुरोध समेत गरिएको छ । लकडाउनको उल्लंघन गर्ने र मास्क नलाउनेलाई प्रहरीले जरिवाना समेत गर्ने प्रहरीको परिपत्र छ ।

सम्बन्धित खवर