खाडदेबी गाउँपालिकाबाट दिगोपन महिला सहकारीको अध्ययन अवलोकन

भदौ ११ गते, कानेपोखरी । पश्चिम रामेछाप जिल्लाको खाडदेबी गाउँपालिकाका जनप्रतिनिधिहरुले मोरङ कानेपोखरी –६ मा रहेको दिगोपन सामाजिक उद्यमी महिला सहकारीको अध्ययन अवलोकन गरेका छन् ।

शुक्रबार साँझ कानेपोखरी गाउँपालिका आइपुगेका जनप्रतिनिधिहरुले संस्थामा पुगी संस्थाको बारेमा सम्पूर्ण जानकारी लिएको हो । खाडदेबी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ, उपाध्यक्ष रमा घिसिङ र प्रमुखं प्रशासकिय अधिकृत नारायण लामिछाने लगाएत २६ जनाको टोलीले अध्ययन अवलोकन गरेका थिए ।

अध्ययन अवलोकन टोलीलाई संस्थाले स्वागत गर्दै एक कार्यक्रमको आयोजना गरी संस्था संस्थापना देखी हाल संचालन सम्मका चुनौती सिकाइ, उपलब्धी, खसीबोका बिशेष बजारीकरणको कार्यंहरु र सदस्य लक्षीत उधमी , खसीबोका संकलन केन्द्र योजना सहित संचालन प्रक्रिया सम्बन्धी संस्थाकी अध्यक्ष उमा राना मगरले प्रस्ट्याएकी थिइन् ।

कार्यक्रममा खाडदेबी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले यस प्रकारको कार्यक्रम तथा संस्था संचालन गर्न चालुआर्थिक बर्षमा गाउँपालिकाको प्रस्तावित योजना रहेकोले अध्ययन अवलोकनको लागि आएको बताएका थिए । अहिले सम्म पालिकाहरु र समूह स्तर सहकारी गरी १० ओटाबाट जनप्रतिनिधि र कर्मचारीहरु अध्ययन अवलोकनमा आएको संस्थाकी व्यवस्थापक रुकमणी भुसालले बताइन् ।

सम्बन्धित खवर