भदौ २, पथरी । मोरङको पथरी शनिश्चरे नगरमा आज भदौ २ गतेसम्म २० हजार २ सय ६५ जना बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप दिएको छ ।
नगर स्वास्थ्य कार्यालय पथरीका बरिष्ठ अधिकृत एकराज खत्रीका अनुसार ६ देखि ५९ महिनाका बालबालिकाहरु ४ हजार ८ सय ८७ जना र ५ वर्षदेखि १५ वर्षका बालबालिकाहरु १५ हजार ३ सय ७८ जनाले खोप लगाइसकेका छन् ।
यसबाट जम्मा २० हजार २ सय ६५ जनाले खोप लगाएको देखिन्छ । यो संख्या नगरको लक्ष्य अनुसार ९५ प्रतिशत रहेको छ ।
नगरको लक्ष्य २१ हजार ३ सय २१ जना रहेको छ भने भोलि अन्तिम दिन ५ प्रतिशत प्रगति विवरण हुनेमा नगरपालिका विश्वस्त रहेको छ ।
दादुरा रुवेला खोप अभियान सञ्चालन सम्वन्धी वडा स्तरीय तथा पालिका स्तरीय खोप समन्वय समिति र सरोकारवालाहरुसँगको अभिमुखीकरण कार्यक्रमलाई तिव्रताका साथ नगरपालिकाले सम्पन्न गरेको थियो । यो अभियानमा नगरपालिका साउन २८ गतेदेखि सुरु भएको थियो ।