सोमवार, मंसिर १, २०८२

कानेपोखरीमा १५ शैया अस्पताल आउनु मन्त्री ढकालको ठुलो योगदान छ– अध्यक्ष काफ्ले

मंसिर १६ गते, वयरवन । कानेपोखरी गाउँपालिका क्षेत्रमा १५ शैयाको अस्पताल आउनु जनसंख्या तथा स्वास्थ्य मन्त्री भानुभक्त ढकालको ठुलो योगदान भएको कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताएका छन् ।

सोमबार मोरङको कानेपोखरी गाउँपालिका–४ स्थित बयरवन बजारमा १५ शैया अस्पतालको भवन शिलान्यास कार्यक्रममा अध्यक्ष काफ्लेले कुरा सो बताएका हुन ।

कार्यक्रममा उनले अरु पालिकामा ५, १० शैयाको अस्पताल पनि आए तर हाम्रो कानेपोखरी गाउँपालिकामा जनसंख्या तथा स्वास्थ्य मन्त्री भानुभक्त ढकाल यसै क्षेत्रबाट निर्वाचित भएकोले हाम्रो पहलमा १५ शैयाको अस्पताल ल्याउन सफल भएको बताए । अध्यक्ष काफ्लेले यस क्षेत्रमा अस्पताल आउन मन्त्री ढकालको ठुलो योगदान रहेको बताउँदै अव १५ हुदै २५ शैयाको अस्पतालको अवधारण ल्याउने बताए ।

वन्ने भवन शिलान्यास गर्दै काफ्लेले अस्पताल स्थापन पछि कानेपोखरी क्षेत्रमा स्वास्थ्य सेवाले ठुलो फड्को मार्ने बताएका थिए । उनले अहिले यस क्षेत्रको जनताहरु विरामी भएपछि स्वास्थ्य उपचार लिन क्षेत्र बाहिर जानु पर्ने बाध्यता हट्ने बताए । अस्पताललाई कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले पुजापाठ गरी ईटा जोड्र्दै भवनको शिलान्यास गरेका थिए ।

पछिल्लो चरणमा नेपाल सरकारले प्रकाशन गरेको ३३९ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा हाम्रो कानेपोखरी गाउँपालिका पनि परेको थियो । यस भन्दा अघि नेपाल सरकारले प्रकाशन गरेको १२२ वटा प्राथमिक स्वास्थ्य केन्द्रको लिष्टमा कानेपोखरी गाउँपालिकाको नाम थिएन ।

नेपाली कांग्रेसका कानेपोखरी सभापती योगेन्द्र दाहालले यस स्थानमा अस्पताल बन्नु गौरभवको कुरा बताउँदै, दाताहरुले दिएको पुराना भवनहरु सकेसम्म जोगाउनु पर्ने बताएका थिए ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी(नकपा) कानेपोखरी अध्यक्ष भोला अधिकारीले यस क्षेत्रमा अस्पताल आउनु स्वागत योग्य भएको बताउँर्दै गाउँपालिकालाई धन्यवाद दिएका थिए । उनले अस्पताल ल्याउने नेकपाको ठुलो योजना सफल भएको बताउँर्दै पैसा हुनेले राम्रो र ठुला ठाउँमा उपचार गर्छन होला तर गरिव, निम्न वर्गका मान्छेको पैसा हुदैन यो गरिव जनताहरुको लागि उपचार गर्ने थलो बन्ने छ । गरिव विरामीहरुको उपचारमा पहुच नभएर विभिन्न शक्तिकेन्द्र धाएर उपचार गर्नु पर्ने बाध्यता अव अन्य हुने अध्यक्ष अधिकारले बताए । उनले अस्तीत्व मेट्दै गएको बयरवन बजार बनाउन अव उहिले देखि सवै लाग्नु पर्ने र यस अस्पातालले बयरवन बजारको उच्चाई माथी पुग्ने बताए ।

कार्यक्रममा वडाध्यक्ष सुशिल बुढाथोकी र मोहन प्रसाद अधिकारी, नेकपा प्रदेश सदस्य इन्द्र सुब्बा, नेकपाका कानेपोखरी गाउँकमिटि इन्चार्ज राजेन्द्र मण्डल, वयरवन स्वास्थ्य चौकीका पूर्व अध्यक्ष भोजबहादुर घिमिरे र स्थानीय राजकुमार राजवंशीले मन्तव्य राखेका थिए ।अस्पताल ३६ मिटर चौडा र ६६ मिटर लम्बाईमा बन्ने भएको छ । यस अघि स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष धनबहादुर राईको अध्यक्षतामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, बुद्धिजिवि र स्थानियहरुसँग अस्पताल १५ गते शिलान्यास गर्ने र अस्पताल निर्माण हुदा पुरानो तीन वटा भवनको क्षती हुने बारेमा शनिबार छलफल गरेका थिए ।

उपस्थित सवैले अस्पताल निर्माण हुदा चाहिने जग्गा भित्र पर्ने ती पुराना भवन निर्माण गरिदिने दाताहरुको सहमतीमा भत्काउदा हुने राय राखेका थिए । शनिबार नै वडाध्यक्ष धनबहादुर राई, सूर्य धिमाल, उमेश पौडेल र नगेन्द्र भट्टराईको टोली दाताकोमा पुगी भवन भत्काउने बारेमा अनुमती लिएका थिए ।

सुरुमा स्वास्थ्य चौकीमा जग्गा जम्मा साढें ८ कट्टा जमिन रहेको थियो । मोरङ क्षेत्र नं. ३ नेकपाबाट निर्वाचित स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई गाउँपालिकाबाट अस्पताल निर्माण गर्ने माग भए अनुसार अस्पताल आउने पक्का भएपछि गाउँपालिकाले दुई पटक गरेर २ कट्ठा भन्दा बढी जग्गा अस्पतालको नाममा खरिद गरेको छ ।

अहिले अस्पतालको जग्गा ११ कट्ठा भन्दा बढी रहेको छ । अस्पताल निर्माणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट असोज १९ गते कानेपोखरी गाउँपालिकामा पत्र आइसको थियो । अस्पताल निर्माणको लागि गत साउन २८ गते बसेको मन्त्री स्तरको बैंठकले १ करोड विनियोजन गरेको छ ।

कानेपोखरी गाउँपालिकामा तीन वटा स्वास्थ्य चौकी रहेको छ । तीन स्वास्थ्य चौकी मध्ये गाउँपालिकाले बयरवन स्वास्थ्य चौकीलाई प्राथमिकतामा राखेको छ । स्वास्थ्य चौकीको जग्गा, बजार क्षेत्र, जनधनत्व, सडक, सुरक्षा, सवैको पायक पर्ने भएकोले गाउँपालिकाले वयरवन स्वास्थ्य चौकीलाई स्तरोन्नती लागि सुरु देखि नै अघि बढाएको थियो ।

गाउँपालिकाले दुई बर्ष अघि देखि वयरवन स्वास्थ्य चौकीमा विशेषज्ञ डाक्टरबाट महिनामा एकचोटी सेवा दिर्दै आएको छ । बयरवन बजारमा २०३० सालमा स्थापना भएको वयरवन स्वास्थ्य चौकी ४७ बर्ष पछि अस्पतालमा रुपान्तरण हुने भएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.