चिस्यान केन्द्रमा ६६ बोरा आलुको विऊ कुहियो

कात्र्तिक १८ गते, पथरी । पथरी कृषि सहकारी संस्थाले राखेको ३ हजार ३ सय किलो आलुको विउ कुहिएर नष्ट भएपछि मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले बुधबार अनुगमन गरेको छ ।

चिस्यान केन्द्रको लापारबाहीले आलुको विऊ कुहिए पछि उपप्रमुख यमुना विष्ट वास्तोलाको नेतृत्वमा आलुको अनुगमन् गरी उचित क्षतिपूति सहित विमाको लागि पहल गरिने भएको छ । संस्थामा आवद्ध कृषकहरुबाट उत्पादन गरी सहकारीमार्फत झापाको दमकस्थित शान्ति कोल्ड सेन्टरमा भण्डारण गरि राखिएको थियो । तर कृषकले आलु रोप्ने समय हुन लागेपछि विउ फिर्ता ल्याउन खोज्दा राखिएको सवै ६६ बोरा आलु कुहिएको पाइएको सहकारीका अध्यक्ष हरिराज प्याकुरेलले जनाए ।

नियमित चिसोपना गराउने मेसिनमा आएको समस्याका कारण आलु कुहिन पुगेको चिस्यान केन्द्रले जनाएको उनले बताए । प्रति गोटा २० रुपैयाँ दरले किनेर पीवीएस आलुबाट उत्पादित मुल विउ कुहिदा ३ लाख ३० हजार रुपैयाँ बढीको क्षति भएको छ । जसका कारण रोप्ने समयमा विउ नपाएर कृषकहरुमा समस्या आएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । हाल १ सय रुपैयाँ प्रति केजी पर्ने आलुको चिस्यान केन्द्रले प्रति केजी ५० का दरले मात्र विमा गराएको वताए ।

 

सम्बन्धित खवर