बिहिबार, मंसिर ४, २०८२

दिगोपनद्धारा ११ जना सेयर सदस्यलाई पुरस्कृत

मंसिर २८ गते, कानेपोखरी । मोरङको कानेपोखरी–७, बरगाछिमा स्थापित दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले आफ्नो ११ जना शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरेका छन् ।

मंगलबार भएको संस्थाको १० औं बार्षिक साधारण सभामा १ जना जेष्ठ तथा एकल महिला र संस्थालाई योगदान गर्ने ११ जना सेयर सदस्यलाई पुरस्कृत गरेको छ । संस्थाले जेष्ठ तथा एकल महिला सुजनशिल समूहकी पवित्रा नेपाललाई सम्मान गरेको हो ।

त्यसैगरी ऐच्छिक बचत तर्फ उत्कृष्ट हलेसी समूहकी गोमा पनेरु, बाल बचत तर्फ लालिगुरास समूहका आरभ खड्का, शेयर तर्फ उत्कृष्ट जनचेतना समूहबाट कमला लिम्बू, नियमित बचत तर्फ नवज्योती समूहबाट सुस्तिका जोगी, दीर्घकालिन वचत तर्फ नवज्योती समूहकी कमला देवी राई, उत्कृष्ट कारोवारमा दीपशिखा समूह छनौट भएपछि पुरस्कृत गरेको छ ।

त्यसैगरी उत्कृष्ट उद्यमीमा शुभकामना समूहबाट कमला योञ्जन, व्यवसायीक कारोवारमा हितैशी समूहबाट हरिमाया भट्टराई, सञ्जीवनी समूहबाट पुष्पा घिमिरेलाई संस्थाले पुरस्कृत गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र संस्थाकी अध्यक्ष उमा राना मगरले सम्मान तथा पुरस्कृत गरेका थिए ।

कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी, वडा न. ६ का वडाध्यक्ष खड्ग बस्नेत, ग्रामिण सुधार सामुदायिक वनका अध्यक्ष नविन राई, अभियान नेपालका प्रतिनिधि लगाएत विभिन्न सहकारी संस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य दिएका थिए । संस्थाकी अध्यक्ष उमा राना मगरको सभाध्यक्षमा भएको कार्यक्रम सचिव फूलमाया राईले संचालन गरेकी थिइन ।

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.