४ नम्बर वडाका ११ जना वृद्धवृद्धालाई न्यानो कपडा वितरण

पुस १ गते, बयरवन । मोरङको कानेपोखरी –४, नम्बर वडाले वडाका ९० बर्ष माथिका ११ जना वृद्धवृद्धालाई जाडो छेक्ने न्यानो कपडा वितरण गरेको छ ।

बुधबार वडा नम्बर ४ का वडाध्यक्ष धनबहादुर राई, वडासदस्य शिव प्रसाद दुलाल, वडासदस्य साउनी माझी र श्यामकुमारी बिक, वडासचि लगाएत वृद्धवृद्धाको घरघरमा पुगी न्यानो कपडा वितरण गरेको हो । वडामा ९० बर्ष भन्दा माथीका ४ जना वृद्ध र ७ जना वृद्धा रहेका छन् ।

न्यानो कपडा ओड्ने लुगा, लगाउने लुगा र पोषण युक्त खानेकुरा सहित घरघर गएर प्रदान गरेको वडाध्यक्ष धनबहादुर राईले बताए । कार्यक्रममा समाजेवी उदिप लिम्बु, नगेन्द्र बस्नेत र टेकबहादुर तामाङ पनि सहभागी रहेका थिए ।

सम्बन्धित खवर