पुस १३ गते, पथरी । मोरङको पथरीशनिश्चरे वडा नम्बर –८ मा ८ दिने उद्यमशीलता विकास तालिम सुरु भएको छ ।
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उद्यमशीलता विकास तालिम मंगलबार देखी सुरु भएको हो । नगरको लघु उद्यम विकास शाखामार्फत सञ्चालित तालिमको नगर उपपमुख यमुना विष्ट वास्तोलाले उद्घाटन गरेकी थिइन् ।
वडाध्यक्ष बाबुराम दहालको अध्यक्षताको कार्यक्रममा घरेलु तथा साना उद्योग शाखा प्रमुख हेमचन्द्र दहालले स्वरोगजार वन्ने माध्यमका रुपमा यसखाले तालिम सञ्चालन भएको जनाए । तालिममा ३० जनाको सहभागिता रहेको छ ।