पुस २१ गते, पथरी । पथरी जेसीजमा वर्ष २०२२ का लागि अनिता राई (अनु) अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन् । जेसीजको १० औं अधिवेशनले राईको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
मंगलबार पथरीमा पत्रकारभेटघाट कार्यक्रममा वर्षका लागि अध्यक्ष निर्वाचित भएकी अनिता राई(अनु)ले इतिहासमै पथरी जेसीजले पहिलो पटक महिला अध्यक्ष पाएको बताइन् । उनीले आफ्नो कार्यकालमा दुव्र्यसनी फसेका युवाहरुलाई कुलत छुटाउन कार्यक्रमहरु मार्फत् कोसिस गर्ने, बेरोजगार युवा र महिलाहरूलाई उद्यमशीलता बनाउन तामिलको साथमा उपाएहरु ल्याउने बताइन् ।
यसैगरी कार्यकारिणी उपाध्यक्षमा सिताराम दराल, सुवणर् खत्री, उपाध्यक्षमा निता कुलुङ राई, एलिना दियाली, निर्मला गिरी, सुमन फुयल र सचिवमा उज्जल लकान्द्री सर्वसहमत चयन भएका हुन । जेसीजमा महासचिव लगायतका पदाधिकारी र सदस्यहरु अध्यक्षले मनोनयन गर्ने विधानमा व्यवस्था रहेको छ ।
वर्ष २०१९ का अध्यक्ष मान बहादुर दियालीले जेसीसले सबै पदमा मेलमिलाप, एकता, सहकार्य, त्याग र बन्धुत्वको भावनालाई अवलम्बन गर्दै सर्वसम्मत समिति निर्वाचित गरेको बताए ।
पत्रकार भेटघाट कार्यक्रममा जेसीजको पूर्व अध्यक्ष मान दियाली, टि.एन.तिम्सिना, राजु तिम्सिना लगायतका जेसीहरुको उपस्थिति रहेको थियो ।