माघ १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर भित्रका श्रमिक सघ संगठनका पदाधिकारीसँग विधायन समितिले अन्तरक्रिया सम्पन्न गरेको छ । अनौपचारिक श्रमित हित व्यवस्थापन कार्यविधि निर्माणका लागि अन्तरक्रिया गरेको हो ।
समितिका संयोजक डम्बरबहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राईले नगरका श्रमिकहरुको हितका लागि नगर लागिपरेको बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले पनि मन्तव्य व्यक्त गरे ।
नगरका कानूनी सल्लाहकार दीपककुमार राईले सहजिकरण गर्दै अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको हितका लागि कार्यविधि निर्माणको प्रक्रिया अघि बढाएको र त्यसमा उल्लेख गर्ने विषयमा छलफल गराए ।