माघ १७ गते, पथरी । किरात थाक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगर शाखाको ऐतिहासिक तेस्रो अधिवेशनले शाखाको अध्यक्षमा प्रेमबहादुर पङ्याङ्ग लिम्बु सर्वसम्मत चयन भएका छन् ।
पथरीशनिश्चरे–१०, स्थित सिरिजंगा स्मृति धार्मिक वनमा भएको अधिवेशनले उपाध्यक्ष गणेश थक्लुङ लिम्बु, सचिवमा धनप्रसाद मुदेन्छङ साँवा, सहसचिव भर्तध्वज कुरूम्भङ र कोषाध्यक्ष गंगामाया मादेन सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सुजन सावाँ लिम्बु, कोपिला हाङ्वाङ, छत्र कुरुवाङ, वकिलमान थेवे, अजयदेव लिम्बु, भक्त बहादुर जवेगु, सुमित्रा लिम्बु, सुरज लिम्बु, गणेश लिवाङ, छत्र सेरेङ र सुरन्ता लिम्बु चयन भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख दिलिपकुमार राई रहेका थिए । त्यसैगरी विशिष्ट अतिथिमा कियाचु केन्द्रिय सदस्य खिनमाया लिम्बु, कियाचु १ नम्बर प्रदेश सदस्य सन्तोष सेरेङ र कियाचु राष्ट्रिय परिषद सदस्य फिपराज बेघा रहेका थिए ।
त्यसैगरी अतिथिहरुमा कियाचु मोरङ जिल्ला अध्यक्ष विवेक योङ्हाङ, नेपाल आदिवासी जनजाति महासंघ पथरीशनिश्चरे अध्यक्ष चन्द्र तामाङ, सिरिजंगा स्मृति धार्मिक वनका अध्यक्ष गंगा साँवा लगाएत अतिथि रहेका थिए ।
कार्यक्रम सचिव प्रेमबहादुर पङ्याङ्ग लिम्बुले संञ्चालन गरेका थिए भने कार्यक्रमको अध्यक्षता चुम्लुङ नगर शाखा अध्यक्ष पर्शुराम चोङ्वाङ लिम्बुले गरेका थिए ।