माघ २३ गते, बयरवन । बसन्त पञ्चमीको अवसर पारेर जलेश्वर महादेव मन्दिरमा शिवलिङ्ग स्थापना स्थापना गरिएको छ ।
आइतबार मोरङ कानेपोखरी–४, स्थित खोरियाको झोलुङ्गे पुलछेउमा निर्माणधिन रहेको मन्दिरमा शिवलिङ्ग स्थापना स्थापना गरिएको हो । कानेपोखरी–४, मिलन चोक माइत भई हाल काठ्माडौं निवासी अनिता कार्की बिष्ट र बिक्रम बिष्टले ४५ हजार बराबरको शिवलिङ्ग स्थापना गरेको मन्दिर समितिका सदस्य उदिप लिम्बुले बताए । त्यसैगरी बिष्ट परिवारले शिवलिङ्ग सहित एकथान घण्टी पनि मन्दिरमा राखिएको छ ।
अनिता कार्की बिष्टले आफ्ना स्वर्गिय बुबा र आमा पदम केशर कार्की, जमुना कार्की र ससुरा बुबा छत्रबहादुर बिष्टको नाममा शिवलिङ्ग स्थापना स्थापना गरिएको अनिता कार्कीले बताइन् । मन्दिर समिति, स्थानीय भद्र भलादमीको उपस्थितमा पुरोहितद्धारा पुजापाठ गरी स्थापना गरिएको वडा सदस्य रोषन लामिछाने गुरुङले बताए ।
मन्दिर सम्पन्न हुन अव ३० प्रतिशत काम रहेको चित्र राईले बताए । उनले रग रोकन, घेराबारा, विजुली, टायल र रेलिङ लगाउन बाँकी रहेको र अवको १ महिना पछि सम्पन्न गरेर पुजाआज सुरु गर्ने बताए । मन्दिरलाई वडा नम्बर ४ बाट विभिन्न देशमा गएका नेपालीहरु र स्थानीयहरुबाट संकलित रकमबाट निर्माण गरिएको हो । यस अघि कानेपोखरी गाउँपालिका २ लाख बजेट आएकोले मन्दिरको कार्य सम्पन्न अन्तिम चरणमा पुगेको चित्र राईले बताए ।