कुमार खड्का
माघ २७ गते, उर्लाबारी । मोरङको उर्लाबारी –३ स्थित मंगलबारेमा रहेको ईलाका प्रशासन कार्यालयको नयाँ स्थायी भवन पुरानो मंगलबारेमा बन्ने भएको छ ।
मंगलबारे चौक क्षेत्रमा सागुरो ठाउँमा रहेर सेवा दिदै आएको कार्यालयको नयाँ सुविधा सम्पन्न् भवन पुरानो मंगलबारेमा बन्ने भएको हो ।
नयाँ संरचना निर्माणका लागि उर्लाबारी नगरपालिकाको पहलमा केन्द्रिय सरकारले ९ करोड ३५ लाख रुपैया बजेट विनियोजन गरेको छ । नयाँ संरचना वनेपछि सो कार्यालय सर्ने उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताए ।
मेयर फागोका अनुसार– मोरङका ६ वटा स्थानिय तहका नागरिकहरुलाई सेवा दिदै आएको कार्यलय पार्कीङ नभएको, जग्गा आभाब र राजमार्ग सँगै जोडिएको सागुरो ठाउँबाट संचालन हुँदा सो क्षेत्रमा बढीभिडभाड हुने र दुर्घटनाको जोखिम उच्च रहेका बतााए ।
भवन निर्माण र संचालनका लागि नगरपालिकाको सहयोगमा ६ कठ्ठा जग्गा यस अघिनै छुट्याइ सकेको भएता पनि भवन निर्माणका लागि बजेट विनियोजन नहुदा निर्माण कार्य अगाडी बढ्न सकेको थिएन् ।
वडा नम्बर २ का वडाध्यक्ष राजन कुमार कडेलले विगत लामो समय देखी प्रयोग विहिन बनेकोे सो क्षेत्रमा प्रशासन कार्यालय निर्माण हुने भएपछि जमिनको उपयोग हुनुका साथै मगलबारे बजार क्षेत्र पनि बिस्तार हुने र उर्लाबारीको बिकास र समृद्धिमा टेवा पुग्ने उनको भनाई छ ।
जनतालाई छिटोछरितो सेवा प्रदान गर्न र समग्र उर्लाबारीको बिकास र समृद्धिलाई टेवा पु¥याउने सेवा क्षेत्रको स्थानान्तरणमा नगरपालिकाले चालेको कदम तारिफ योग्य रहेको स्थानियहरुले बताए ।