१२ बर्षिय करुणाको बलात्कार पछि हत्या आरोपमा ६३ बर्षिय दिपक गिरी पक्राउ

फागुन १३ गते, लेटाङ । मोरङको लेटाङ नगरपालिका – ८ ज्यामिरे टोलकी १२ वर्षिया करुणा राईको बलात्कार पछि हत्या आरोपमा प्रहरीले सोही ठाउँका ६३ वर्षिय दिपक गिरीलाई पक्राउ गरेको छ ।

शुक्रबार गिरीलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जनाए । गिरीले बुधबार पाँच बजे स्कूलबाट घर फर्किएकी करुणालाई बलत्कार गरेपछि हत्या गरेको स्वीकार गरेको एसपी जिसीले बताए ।

‘बलत्कार गरेपछि बालिकाको मुख थुनेर हत्या गरेपछि ढुङ्गाले थिचेर हिडेको बयानको क्रममा स्वीकार गरेका छन्,’ एसपी जिसीले भने, ‘अहिलेसम्मको प्रराम्भिक अनुसन्धानबाट गिरीको मात्र संलग्न देखिएको छ । थप अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका गिरीको एक महिना अगाडी श्रीमतिको मृत्यु भएको थियो ।

श्रीमतिको मृत्यु भएपछि उनी एक्लै बस्दै आएका थिए । पक्राउ परेका गिरीको घर बालिका हत्या गरेको स्थान देखि एक किलोमिटर उत्तरमा पर्दछ । स्कूलबाट घर फर्किने क्रममा बुधबारदेखि हराएकी करुणाको शुक्रबार विहान लेटाङ ८ जाँते लालझोडामा रहेको लालहीरा सामुदायिक वनभित्र केराको झ्याङ भित्र शव फेला परेको हो । मृतकको शव नाङ्गो अवस्थामा भेटिएको छ ।

सम्बन्धित खवर