बुधबार, साउन २७, २०८३

मिक्लाजुङमा माओवादी र कांग्रेस पार्टी परित्याग गरी एमालेमा प्रवेश

लङसिङ श्रेष्ठ

फागुन २२ गते, मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिककामा माओवादी र कांग्रेस पार्टी परित्या गरी सयौं संख्या नेकपा एमालेमा प्रवेश गरेको छ । शनिबार वडा नम्बर ५ मा नेकपा एमाले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा माओवादी र कांग्रेस पार्टी त्यागेका नेता तथा कार्यकर्तालाई एमाले नेताहरुले स्वागत गरेका थिए ।

माओवादी केन्द्रका शंकर खतिवडा र कृष्ण भुजेलका सपरिवार नेकपा एमालेमा प्रवेश गरेका हुन् । त्यस्तै माओवादीका टेकनाथ तिमसिना,सन्तोश कुमाल,चेत कुमार कुमाल र शुशिला खड्काले लगाएत सयौं संख्यामा एमाले पार्टीमा प्रवेश गरेका छन । नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता दिल बाहादुर राईले समेत नेकपा एमाले पार्टी प्रवेश गरेको छ ।

नेकपा एमाले प्रदेश सदस्य राम कृष्ण राईको प्रमुख अतिथि, जिल्ला कमिटी सदस्य तथा गाउँपालिका उपाध्यक्ष सरला राई, नेकपा एमाले गाउँ कमिटी उपाध्यक्ष वृद्धिलाल निरौला, गाउँ कमिटी सचिवालय सदस्य रामकुमार राई, गाउँ कमिटी सदस्य योगेन्द्र ढकाल, बालिका बिश्वकर्मा,रेजिना मगर, आर्यन ढकाल, रास्ष्ट्रिय युवा संघ मिक्लाजुङ वडा नम्बर ५ का अध्यक्ष पायल राई, सचिव लङसिङ श्रेष्ठको उपस्थितिमा रहेको भेलाले बेल्टार र आपटार टोल समिती गठन समेत गरेको थियो । ५ नम्बर वडाका शाखा कमिटीका अध्यक्ष मनोज ढकालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.