४ दलिय गठबन्धनलाई हराउँदै प्रगतिशील समूह विजयी, अध्यक्षमा रामकुमार बस्नेत

फागुन २९ गते, पथरी । मोरङको पथरी बहुमुखी क्याम्पसको अध्यक्षकामा ४ दलिय गठबन्धनलाई पराजित गर्दै प्रगतिशील समूहका अध्यक्ष रामकुमार बस्नेत निर्वाचित भएका छन् ।

उपाध्यक्ष र १ खुल्ला सदस्य बाहेक सवै पदमा प्रगतिशील समूहका उमेदवार विजय भएको हो । अध्यक्षमा निर्वाचित बस्नेत प्रगतिशीले समूह नेकपा एमाले तर्फका उमेद्वार हुन । रामकुमार बस्नेतले अध्यक्षका प्रतिद्वन्दी दिपक बस्नेतलाई ३८ मतको अन्तरले अध्यक्षमा विजयी बनेका थिए । अध्यक्षमा निर्वाचित रामकुमार बस्नेत शैक्षिक एवम सामाजिक अभियानमा क्रियाशील प्राज्ञिक ब्यक्तित्व हुन ।

कुल २ सय ७१ मत खसेकोमा विजयी बनेका बस्नेतले १५२ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा गठबन्धनका माधव प्रसाद कोइराला विजयी बनेका छन् । कोइरालाले नोवल किशोर खनाललाई ३४ मतले पराजित गरेका हुन् ।

प्रगतिशील समूह नेकपा एमालेका प्यानलबाट संचालक परिषद खुला सदस्यहरुमा उद्ववराज बस्नेत, उमानाथ अधिकारी, एकराज निरौला, कर्ण बहादुर विश्वकर्मा, खगेन्द्र प्रसाद लुइटेल, तेज बहादुर बुढाथोकी, प्रदिप कुमार राई विजयी भएका छन् ।

परिषदको महिला सदस्यहरुमा अरुणा राई, दुर्गा सुवेदी दंगाल, पार्वता भण्डारी विष्ट र वर्षा सुब्बा डाँगी विजयी बनेका छन् । समितीको लेखा संयोजकमा डिल्लीराज दाहाल निर्विरोध निर्वाचित बनेका थिए भने कमल भट्टराई र दुर्गा प्रसाद सिटौला लेखा सदस्यमा निर्वाचित बनेका छन् ।

त्यसैगरी ४ दलिय गठबन्धनबाट १ मात्र सदस्य विजयजंग बस्नेत निर्वाचित भएका छन् ।

क्याम्पस संचालक समितीको निर्वाचनमा प्रगतिशील समूह नाम दिई नेकपा एमालेबाट एक्लै प्यानल खडा गरी उमेद्वारी दिएको थियो । त्यसैगरी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टी नेपाल गरी ४ दल गठबन्धन गरी संयुक्त उमेद्वारी घोषणा गरी चुनावमा होमिएका थिए ।

 

 

सम्बन्धित खवर