बुधबार, कार्तिक २६, २०८२

महासंघको प्रथम गाउँ भेला सम्पन्न, अध्यक्षमा मनोज अधिकारी चयन

चैत १७ गते, कानेपोखरी । नेकपा एमालेको जनवर्गिय संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको प्रथम गाउँ भेला सम्पन्न भएको छ । सम्पन्न गाउँ भेलाले मनोज अधिकारीको अध्यक्षतामा ४१ सदस्य नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कानेपोखरी गाउँ कमिटी गठन गरेको छ ।

विहिबार रमाइलो जनाएकता साकोसको भवनमा कार्यक्रममा सम्पन्न भएको हो । कमिटीको उपाध्यक्षमा लक्मण दाहाल र गणेश गुरुङ, सचिवमा खेमराज तामाङ, उपसचिवमा रोषन तिम्सिना, भिममाया लिम्बु र खेम श्रेष्ठ, कोषाध्यक्षमा अमरमनि घिमिरे र सहकोषाध्यक्षमा सुजता तामाङ सर्वसम्मत चुनिएका छन् ।

त्यसैगरी सदस्यहरुमा वीर वहादुर वुढाथोकी, तीर्थ गुरुङ, टंक फुयाल, साईमन गुरुङ, कृष्णराज नेपाल, टिका अधिकारी, नवीन श्रेष्ठ, विजय तामाङ, सविन श्रेष्ठ, दिपक फुयाल, संजीव कार्की, भादुलाल चौधरी लगाएत ४१ सदस्य गाउँ कमिटी गठन भएको छ ।

त्यसैगरी गाउँपालिका स्तरीय सल्लाकार समितिमा डिल्ली फुयल, डिल्ली ओझा, राम फुयल, भोजकुमार श्रेष्ठ र बुद्ध शाक्य रहेका छन् । यस अघि महासंघको जिल्ला कमिटी गठन भएको थियो । कानेपोखरी गाउँपालिका बाट उमेश पौड्याल, मोहन पराजुली, मनोज अधिकारी र गायत्रा चुडाल सर्वसम्मत चयन भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, अतिथि नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ १ नम्बर प्रदेश सचिव माघव थापा, महासंघको मोरङ जिल्ला अध्यक्ष डिल्ली ढकाल,  नेकपा एमाले जिल्ला सदस्य भोला अधिकारी र नविन पौड्याल, नेकपा एमाले कानेपोखरी गाउँकमिटी अध्यक्ष सुशिल बुढाथोकी, वडा नम्बर ७ का अध्यक्ष मोहन प्रसाद अधिकारी, रमाइलो व्यापार संघका अध्यक्ष डिल्ली फुयल, नेपाल खेलकुद महासंघका कुमार फुयल, युवा संघ नेपाल कानेपोखरीका अध्यक्ष अशोक फुयल लगाएत उपस्थित रहेका थिए ।

स्वागत मन्तव्य जिल्ला सदस्य  उमेश  पौड्यालले गरेका थिए भने कार्यक्रम जिल्ला सदस्य मोहन पराजुलीको सभापतीत्वमा र एविन पाठकले संचालन गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.