एमालेबाट पथरीशनिश्चरे नगरको प्रमुखमा तुम्बापो र काफ्ले उपप्रमुखको उमेद्वार

बैशाख ११ गते, पथरी । नेकपा(एमाले)बाट मोरङको पथरीशनिश्चरेको नगरको प्रमुखमा मोहन तुम्बापो र उपप्रमुखमा देविमाया काफ्लेलाई उमेद्वारी दिने निर्णय भएको छ ।

तुम्बापो गत स्थानीय तहको निर्वाचनमा पनि मेयरको आकांक्षी थिए । एमाले प्रदेश सदस्य समेत रहेको तुम्बापो उनी साबिक पथरी गाबिसको अध्यक्ष हुन् ।

एमाले जिल्ला सचिव रुपेश खतिवडाको अनुसार तुम्बापोलाई मेयर र काफ्लेलाई उपमेयरको उमेद्वार वनाउने निर्णय भएको बताए । देवीमाया काफ्ले पनि गत स्थानीय तहको निर्वाचनमा उपमेयरको आकांक्षी थिए ।

सम्बन्धित खवर