एमालेबाट कानेपोखरीको अध्यक्षमा इङ्नाम र अधिकारी उपाध्यक्षको उमेद्वार

बैशाख ११ गते, कानेपोखरी । नेकपा(एमाले) कानेपोखरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेद्वार टुङ्गो लगाएको छ ।

गाउँपालिकाको अध्यक्षमा राजमती इङनाम र उपाध्यक्षमा भोला अधिकारीलाई उम्मेद्वार बनाउने निर्णय आज विहान भएको हो ।
कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले पून अध्यक्षको दाबेदार थिए । राजमती वर्तमान गाउँपालिका उपाध्यक्ष हुन् । उनि एमाले केन्द्रिय अनुसाशन आयोगका सदस्य हुन ।

त्यसैगरी गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार भोला अधिकारीलाई बनाएको छ । उनी अध्यक्षको दाबेदार थिए । उनि अहिले एमाले जिल्ला सचिवलाय सदस्य तथा क्षेत्रिय संयोजक हुन । नेकपा एमाले मोरङका सचिव खतिवडाले मोरङका सबै पालिकामा उम्मेदवार टुङ्गोलगाएको बताए । अध्यक्षमा ताराबहादुर काफ्ले, भोला अधिकारी, योगेन्द्र बस्नेत र दानबहादुर बस्नेतको आकांक्षी रहेका थिए । त्यसैगरी उपाध्यक्षमा एकमात्र उमेद्वार राजमती इङ्नामको नाम परपेको थियो ।

सम्बन्धित खवर