चिसांङ खोलामा गिटी बालुवा चोरी निकासी विगविगी, एउटा ट्याक्टर पक्राउ

२० पुस, कानेपोखरी । मोरङको चिसाङ खोलामा अवैध तरीकाले गिटी बालुवा चोरी निकासी ढ्दै गएको छ । बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाले समयमै खोला ठेक्का नलगाउँदा करोडौ राजश्व गुमाई रहेका छन् ।

खोला ठेक्का नलाग्दा त्यहाँ चोरी निकासी पनि दिनानुदिन बढ्दै गएको छ । विहान र बेलुका ट्याक्टरबाट गिटी बालुवा चोरी हुने सूचना दिन खोला आसपासका स्थानीयहरु गाउँपालिका सूचना दिन आउने गरेका छन् । पालिकाले केही मात्र पक्राउ गरेका छन् भने धेरै जसो दिनदाहडै चोरी निकासी खुलेआम भैरहेको छ ।

हिजो विहिबार दिउँसै कानेपोखरी–५ को ट्याक्टर पक्राउ परेको छ । प्र. १ ०४–००१ त ५६३ नम्बरको ट्याक्टर खोलामा गिटी बालुवा लोड गर्दै गर्दा दिउँसो १ बजे पक्राउ परेको थियो । सशस्त्र प्रहरी बल बाहुनीको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेको ट्याक्टर जरिवाना स्वरुप ५० हजार राजस्व गाउँपालिकामा बुझाएपछि मात्र छोड्ने नियम रहेको छ ।

खोला ठेक्का नलाग्दा खोला आसपासका ट्यक्टर व्यवसायीहरु मारमा परेका छन् । खोला ठेक्का नलाग्दा चोरी निकासी गर्नु बाध्य परेको एक ट्याक्टर व्यवसायी बताउँछन् ।

यस अघि गाउँपालिकाका नगरप्रहरी प्रमुख युवराज भूजेलको नेतृत्वको टोलीले विहान ५ बजे चिसाङ नाकाबाट अवैधरुपमा लोड गर्दागर्दै को २ त १९९३ नम्बरको ट्याक्टर पक्राउ गरेको थियो । नगर प्रहरीको टोली वडा नं. ५ चिसाङ छेउमा जंगली हात्ति धपाउन जादा पक्राउ गरेको थियो । पक्राउ परेको ट्याक्टरले ५० हजार जरिवाना तिरेपछि मात्र ट्याक्टर छुटेको थियो ।

यस अघि साउन २१ गते नगरप्रहरीले को २ त ३८५, को २ त ११६९, प्र. नं १–०२–००३ त र को २ त ६९९२ नम्बरको ट्याक्टरहरु लोड गर्दा गर्दै पक्राउ गरेका थिए । पक्राउ परेको ४ वटा ट्याक्टरले १५ हजारको दरले ६० हजार रुपैया जरिवाना गाउँपालिकामा बुझाए पछि छाडिएको थियो ।

चिसाङ खोलाको ठेक्काको विषय अहिले अदालतमारा छ । यसको मौका छोपी बेलुकी र विहानीको समयमा ट्याक्टरवालाले खोलाको गिटी, बालुवा दैनिक चोरी निकासी भैरहेको नगरप्रहरी बताउँछन् ।

जनप्रतिनिधिको स्वार्थ बाझिदा करोडौं राजश्व गुम्दै
कानेपोखरी र बेलबारीको सिमाना छुट्याउने चिसाङ खोलामा विगत देखिनै दुई पालिकाले संयुक्त ठेक्का लगाउने गरेका छन् । ठेक्काको व्यवस्थापन भने बेलबारीले गर्दै आएको छ ।

चालु वर्षका लागि खोला ठेक्का लगाउन बोलपत्र आह्वान गरेर ठेकेदार छनोट भएपछि पहिलो अंक कबुल गर्नेलाई ठेक्का दिने कि दोस्रोलाई दिने भन्नेमा बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा(कोइराला) र वडा नं. ११ का वडाध्यक्ष विक्रम राई बीच विवाद देखिएको थियो । उपमेयर र वडाध्यक्ष विवाद हुँदा कानेपोखरी गाउँपालिकालाई समेत राजश्व संकलनमा असर परेको छ ।

विवादपछि नगरपालिकाले तोकिएको रकम एकदिन ढिला जम्मा गरेको भने सबैभन्दा बढी रकम कबुल गर्ने मकालु इन्जिनियरिङ कन्स्ट्रक्सनलाई ठेक्का नदिने निर्णय ग¥यो ।

नगरपालिकाको निर्णय विरुद्ध मकालु अदालतमा गयो । त्यसपछि अदालतले ठेक्का प्रक्रिया स्थगितमा राख्न अन्तरिम आदेश दियो । यसपछि अहिले दुई महिनादेखि खोलाबाट आउने राजश्व प्रभावित भएको छ । अदालतले अन्तरिम आदेशबाट अर्को निर्णय नगर्दा बेलबारी र कानेपोखरीले दैनिक लाखौँ राजश्व गुमाइरहेका छन् ।

 

सम्बन्धित खवर