पथरीका स्वास्थ्य शाखा प्रमुख आचार्यले आफनै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप

२७ चैत्र, पथरी । पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ शाखा प्रमुख मुरारी आचार्यले आफ्नै महिला कर्मचारी माथी यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । २ वर्ष अघि महिला कर्मचारीमाथी भएको यौन दुव्र्यवहारको घटना अहिले सार्वजनिक भएको छ ।

पीडित भनिएकी महिलाले शुक्रबार मोरङको पथरी बजारमा पत्रकार सम्मेलन गर्दै आफुलाई राती ड्यूटी गरिरहेको अवस्थामा शाखा प्रमुख आचार्यले जबर्जस्ती करणी गर्न खोजेको र दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । अहिले पीडित भनिएकी महिलाले बोलेको भिडियो विभिन्न सञ्चारमाध्याममा सार्वजनिक भएको छ ।

घटना २०७८ मंसिरको हो । उनले आफुमाथि जबरजस्ती कोठाभित्र बोलाएर डरधम्की दिर्दै शरिरका बिभिन्न अंगहरुमा छोएको, जबरजस्ती मदिरा सेवन गर्न लगाएको उनी बताउँछिन् । आफुले भनेको मानेमा र आफुले भनेजस्तो गरेमा अर्को कुनै अस्पतालमा जागिर समेत लगाइदिने भन्दै प्रलोभन देखाएर दुव्यबहार समेत गरेको गुनासो गरेका छन् । घटनाबारे महिला कर्मचारीले सबै निकायमा हारगुहार गरे पनि न्याय नपाएको उनी बताउँछिन् । न्याय पाउनको साटो उनले घटना भएको एक वर्षपछि जागिर छोड्न बाध्य बनिन । अहिले उनी उक्त घटनामा संलग्न माथिल्लो निकायका ती कर्मचारीविरुद्ध कानुनी लडाँई लड्न चाहान्छिन । तर, हदम्यादका कारण उनले मुद्दा दर्ता गर्ने अवस्था छैन ।

सो घटनालाई लिएर सबै निकायमा हारगुहार गरेपनि कतैबाट न्याय नमिलेको पिडित महिलाको भनाइ छ । म कानुनी लडाई लडन चाहन्छु तर हदम्यादका कारण मुद्धा दर्ता नहुने भएकोले आफु निरासमा परेको बताइन । ‘मैले त्यसबेला कानूनी कारबाहीका लागि अदालत जान सक्ने अवस्था थिएन उनले भनिन । मैले यस विषयमा बुझेको पनि थिइन तर तत्कालै आमालाई भनेको थिएँ, आमालाई तुरुन्तै सुनाएँ र कारवाही गर्नका लागि मलाई सहयोग गर्न भनें ।

समाजका भद्रभलाद्मीहरुलाई पनि सुनाएँ । ठूला मान्छेहरुले बैठक पनि गरे तर मलाई न्याय दिन होइन उसलाई बचाउन भूमिका खेले उनले थपिन । महिला अधिकारको पक्षमा काम गर्दै आएको ओरेक नेपाल विराटनगरकी प्रमुख सरस्वती दनुवारले हदम्यादका कारण धेरै महिलाहरु न्यायबाट वञ्चित हुनु परेको बताइन । ‘हामीले पनि यस विषयमा बहस र पैरवी गरिरहेका छौं ।

महिलामाथि हुने यौन हिंसाको घटनामा हदम्याद हुनुहुँदैन । हदम्यादका मुद्दा दर्ता गर्न नसक्दा हामी कहाँ आएका धेरै पीडित महिलाहरु निराश भएर फर्किनु परेको छ,’ दनुवारले भनिन । उनका अनुसार कानुनमा उमेर पुगेका महिलामाथि यौन हिंसा भए एक वर्ष सम्मको हदम्याद छ । एक वर्ष भन्दा अगाडिको घटनामा मुद्दा नलाग्ने कानुनी व्यवस्था छ । नाबालिकाको हकमा भने हदम्याद नरहने कानुनी व्यवस्था छ ।

मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले पनि हदम्यादका कारण उल्लेखित घटनाको जाहेरी लिन प्रहरीलाई समस्या परेको बताए । ‘उजुरीको हदम्याद हुन्छ । साइबर क्राइमको हदम्याद एक वर्ष हो । घटना साढें ३ वर्ष अगाडिको हो । हामीले के कसो भएको भनेर पालिकालाई लेखेर पठाएका छौं । पालिकाबाट पत्र आएपछि सरकारी वकिलसँग सल्लाह गरेर कारबाही अगाडि बढाउँछौं,’ कार्कीले भने, ‘पीडितले पनि साढे ३ वर्षसम्म चुप लागेर बस्नु चाहिं हुँदैन थियो । हामीले सम्बन्धित कर्मचारी र महिलाको विवरण माग गरेका छौं ।’

यता सोही बिषयमा घटनासँग जोडिएका प्रमुख आचार्यसँग सम्पर्क गर्दा उनले यो आरोप मात्र भएको र आफुले त्यस्तो नगरेको बताए । उनले उल्टै आरोप लगाउने युवतीको चरित्र नै ठिक नभएको प्रतिक्रिया दिएका छन भने स्थानीय सञ्चारकर्मीलाई घटना लुकाईदिन अनुरोध गरेका छन । आचार्य राजनीतिक शक्ती आडमा १५ बर्ष देखि पथरी शनिश्चरेमा रजगज गर्दै आएका कर्मचारी हुन ।

 

सम्बन्धित खवर