पथरी शनिश्चरे मिनी महोत्सव विहिबारबाट सुरु, दुर्गेश थापा पनि आउने

१५ फागुन, पथरी । मोरङको पथरी शनिश्चरे १ स्थित पथरी बजारमा पथरी शनिश्चरे मिनी महोत्सव २०८१ विहिवारबाट सुरु भएको छ ।

बिसाल युवा क्लबको आयोजना र कृषि बजार पथरीको सहकार्यमा मिनी पथरी महोत्सव सुरुभएको हो । महोत्सव फागुन १५ गतेदेखि चैत २ गतेसम्म पथरी शनिश्चरे–१ स्थित बिशाल बजारमा सञ्चालन हुनेछ ।

महोत्सव संयोजक अमत लिम्बूका अनुसार लोकप्रिय कलाकारहरू ज्योति मगर, दुर्गेश थापा, डम्बर नेपाली लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ । त्यस्तै, स्थानीय कलाकारहरूका प्रस्तुती पनि रहने जनाइएको छ । महोत्सवमा हाउजी बिंगोसहित रमाइलो खेलहरू पनि समावेश गरिने आयोजकले बताए ।

मनोरञ्जनका लागि रोटे पिङ, बाल उद्यान, कोलम्बस, ड्रागन रेस, डट रेट, घिर्ने रेस लगायतका खेलहरू उपलब्ध हुनेछ । महोत्सवमा विशेष रूपमा पथरीका स्थानीय परिकारहरू पनि स्वाद लिन सकिनेछ ।

साथै, महोत्सवको क्रममा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । शिविरमा आँखा, कान, रक्तदान तथा अन्य स्वास्थ्य सम्बन्धी परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ । आयोजकका अनुसार महोत्सवले स्थानीय संस्कृति, व्यापार र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास गरिएको छ ।

सम्बन्धित खवर