चैत २६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन खडा गरेको राहत कोषमा हालसम्म ८ लाख १७ हजार १ सय १२ रुपैयाँ जम्मा भएको छ ।
‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को एनआइसी एशिया बैंकको खातामा हालसम्म ८ लाख १७ हजार १ सय १२ रुपैयाँ जम्मा भएको हो । जताबाट पनि सहयोग आएपनि नगरस्तरीय सो समितिमार्फत एकद्वार प्रणालीमा मात्रै राहत व्यवस्थापन र वितरण गर्न थालिएको समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईले बताए ।
नगरपालिकाको विपद व्यवस्थापनको समेत बजेटमा थप कोष जम्मा गरी वडा वडामा राहत उपलब्ध गराइएको छ । राहत उपलब्ध गराउन इच्छुक जो कोहीलाई समितिले सञ्चालन गरेको राहत कोषको ०८४४१५००२७७५६००२ नम्बरको खातामा रकम जम्मा गर्न आव्हान समेत गरिएको छ ।
दाताहरुको नामावली : ….
१, दीपक वस्नेत, (पथरी शनिश्चरे, १) १ लाख १ हजार
२, लर्डबुद्ध सहकारी (प श, २ ) २० हजार १
३, महिला जातृति सामुदायिक वन (प श, ९) १५ हजार
४, सागर तुम्वापो (प श ३, हाल इजरायल) १५ हजार
५, रोशन खरेल (प श, ९) १० हजार
६, महेन्द्रचोक जेसीवी सञ्चालक टिम (प श, ९) ३ हजार
७, मनकामना सहकारी संस्था लि. (प श १) २१ हजार
८, काँशीराज राई ( प श ७, ) १० हजार
९, अनोज घिमिरे ( प श १०, ) १० हजार
१०, हरिराज प्याकुरेल ( प श १) ५ हजार १ सय
११, उत्साही साना किसान सहकारी संस्था (प श)
( कृषि विकास बैंकमार्फत) २५ हजार
१२, शनिश्चरे वचत सहकारी ( प श) १५ हजार
१३, रञ्जित मगर, अमृता मगर ( प श ९) ३ हजार
१४, तलेजु वचत तथा ऋण सहकारी ( प श ९) १० हजार
१५, प्याब्सनमा आवद्ध संस्थागत विद्यालयहरु ( प श) ५ लाख ५४ हजार १ सय ११