असार १० गते, पथरी । मोरङ कानेपोखरी मिडिया प्रालिको आयोजनामा पथरीशनिश्चरेको तीन स्थानमा कानुनी परामर्श कार्यक्रम सम्पन्न भएको छ ।
पथरीशनिश्चरे नगरपालिकाको न्यायिक समितिको सहयोगमा नगरको तीन स्थानमा कार्यक्रम सम्पन्न भएको हो । साविक गाविसको बासिन्दालाई लक्षित गरी हसन्दह, शनिश्चरे र पथरीमा कार्यक्रम भएको थियो । प्रालिका संचालक दिनेश सुब्बाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सामाजिक दुरी कायम गर्दै माक्स, सेनिटाइजरको प्रयोग गरी ३० देखि ४० जनाको सहभागीता रहेको थियो । प्रालिले शानिबार साबिक हसन्दहको अमरसिंह माबी, आइतबार शनिश्चरेको सरस्वती आधारभुत विद्यालय र सोमबार पथरीको हरियाली वनको हलमा कानुनी परामर्श तथा अन्तरकृया कार्यक्रम गरी सम्पन्न गरेको छ ।
कार्यक्रममा कानुनी सम्बन्धि अधिवक्ता विनोद पाहिमले तीन दिन सहजिकरण गरेका थिए । कानुनी परामर्श तथा अन्तररिकृया कार्यक्रममा दोहोरो स्वामित्वको जग्गा भोगको आधारमा धनिपुर्जा पाउनुपर्ने माग गरेका थिए । पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकामा जग्गा धनिपुर्जा एउटासँग र भोग अर्कैले गर्दै आएको समास्या छ ।
विभिन्न दलका नेताहरुले निर्वाचनमा समस्या समाधान गर्छौ भनेर आश्वासन दिने र सरकारमा पुगेपछि विर्सिने गरेका छन् । पछिल्लो सरकारको पनि आधा भन्दा बढी कार्यकाल सकिएको धनिपुर्जा पाउने नपाउनेमा जनता दुविधामा छन् ।
कार्यक्रममा स्थानीय देवेन्द्र वनेमले जोतभोगको आधारमा जग्गाको धनिपुर्जा पाउनुपर्ने बताए । किर्ते गरि निकालिएको धनिपुर्जा अवैध घोषणा गरि उपभोग गर्दै आएका पीडितलाई दिनुपर्ने सहभागिहरुले माग गरेका छन् ।
कानून व्यवसायी समेत रहेका कार्यक्रमको सहजकर्ता विनोद पाहिमले धनिपुर्जा वालाहरुलाई अदालत जान नसक्नने गरी राजनीतिक निर्णय भएमा जोतभोगको आधारमा पुर्जा पाउन सक्ने सम्भावना रहेको विचार प्रस्तुत गरे ।यही अवस्थामा सरकारले भोगको आधारमा पुर्जा वितरण गरे धनिपुर्जावाला अदालत जाने र प्रकृया लम्बिन सक्ने पाहिम लिम्बूले बताए । धनिपुर्जा अर्काको हातमा भएपनि कमाइ खान, बिक्री वितरण नरोकिएको र घरमा विद्युत, खानेपानी जडान भएकोले आफ्नो नाममा पुर्जा ल्याउने प्रसस्त आधार रहेको पाहिमको भनाइ छ । कानुनी परामर्श कार्यक्रममा थानेश्वर भट्टराई, भोला रिजाल लगायतले भोगको आधारमा पुर्जा वितरणको लागि नगरपालिकाले पहल गर्नुपर्ने माग राखेका थिए ।
पथरीमा भएको कार्यक्रममा १ नम्बर वडा सदस्य धनप्रसाद साम्बा, युवा नेता तथा समाजसेवी युवारज बास्कोटा, प्रेम ढाकाल, रोशन हाङ्बाङ, अणु राई, भीम राई, हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगर लगायतको सहभागिता रहेको थियो ।
पथरीशनिश्चरे–४ मा भएको कार्यक्रममा संविधान सभा सदस्य लालबहादुर सुस्लिङ मगर, ४ नम्बर वडा सदस्यहरु अमर बराइली, तुलशा दर्जी, जनकल्याण आधारभूत विद्यालयको सञ्चालक समितिको अध्यक्ष धुर्व बराइली, सरस्वाती आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद न्यौपाने लगातको सहभागिता भएको थियो ।
पथरीशनिश्चरे–५ मा भएको कार्यक्रममा स्थानीय समाजसेवी नेत्र पोख्रेल, नवीन स्टार एकेडेमी स्कुलकी प्रिन्सिपाल शुसिला मगर, राधा खनाल, विनय तिम्सिना लगायतको सहभागिता रहेको थियो ।
अपराध गरे सजाय पाउछन भन्ने चेतना जगाउने र सामाजिक, सांस्कृतिक विक्रीती न्युनिकरण होस भन्ने उदेश्यले आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राई, नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश पार्सदहरु दिनेश सुब्बा, मोहन भट्टराई, महासंघ मोरङ जिल्ला समितिका सहसचिव शन्तोष राई, लगायतको उपस्थिति थियो ।
कानुनी परामर्श कार्यक्रममा पत्रकारहरु फिपाराज बेघा, विजय धिमाल, विवेक न्यौपाने, भूमीप्रसाद पाठक, एनिला दियाली, रामकुमारी राई, हिमाल राई, हिमाल पराजुली, करण धिताल, ईश्वर दुलाल लगायतको सहभागिता रहेको थियो ।