असार १४ गते, कानेपोखरी । मोरङ कानेपोखरीको रमाइलो बहुमुखी क्याम्पसमा वृक्षारोपन कार्यक्रम भएको छ । जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा वृक्षारोपन भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कानेपोखरी गाउँकमिटीको आयोजना र रमाइलो बहुमुखी क्याम्सको व्यवस्थापनमा क्याम्पसको खाली जग्गामा टिक र मसलको विरुवा रोपिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कानेपोखरी गाउँकमिटीका अध्यक्ष भोला अधिकारीको सभापतीत्वमा भएको कार्यक्रममा नेकपा प्रदेश कमिटीका सदस्य युवराज बास्कोटाले मन्तव्य राखेका थिए ।
गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नाम, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य विजय डाँगी र जिल्ला अध्यक्ष नविन पौडेल, क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर कार्की लगाएतका उपस्थितमा वृक्षारोपन गरिएको थियो । कार्यक्रम नेकपा कानेपोखरी सचिव मनोज राजवंशीले संचालन गरेका थिए ।
त्यसैगरी नेकपा मोरङद्वारा बेलबारी– ८ मा वृक्षारोपण कार्यक्रम सम्पन भएको थियो । १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, १ नं. प्रदेश कमिटी सदस्य युवराज बाँस्कोटा, नेकपा मोरङ इञ्चार्ज घनेन्द्र बस्नेत, सहइञ्चार्ज महेश रेग्मी र जिल्ला अध्यक्ष ऋषिकेश पोख्रेल लगाएतको उपस्थितमा विरुवा रोपिएको थियो ।