साउन ३२ गते, पथरी । कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै मोरङको बेलबारी नगरपालिकाले भदौ ७ गतेसम्म लकडाउन थप गरेको छ ।
तीजको बेला भिडभाड र जमघट बढी भएर कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै बेलबारी नगरपालिकाले लकडाउनको अवधि ७ दिनलाई थपेको छ ।
कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन थप्ने निर्णय भएको बेलाबारी नगरपालिकाकी उपप्रमुख तारा पराजुलीले जनाएको छ । कोरोना रोकथाम सर्वदलीय उच्चस्तरीय नगर समन्वय समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
लकडाउनका बेला बैंकहरु भने दिनको ११ बजेदेखि २ बजेसम्म खुल्ला गर्ने निर्णय भएको छ । अन्य सबै पसल व्यवसाय बन्द रहनेछन् । कोरोना संक्रमणको जोखिम समुदायमै फैलने सम्भावना बढेको भन्दै बेलबारी नगरपालिकाले गत साउन २२ गते मध्यरातिदेखि लकडाउन घोषणा गरेको थियाखे ।