असोज २८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा पछिल्लो पटक ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
मंगलबार स्वाब संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको घोपामा पठाइएको पीसीआर रिपोर्टमा नगरका कर्मचारी सहित ६ पुरुष र ३ महिला गरी जम्मा ९ जनामा कोरोना संक्रमण देखिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।
५० जनाको स्वाब परीक्षणका क्रममा नगरका वडा नम्बर १ का १ जना पुरुष कर्मचारीका साथै १ नम्बर वडाका ५, ९ नम्बर वडाका ३ र ७ नम्वर वडाका १ जनामा कोरोना देखिएको छ । त्यसअघिको एक पटकको स्वाबको रिपोर्ट भनें आउन बाँकी नै रहेको छ ।