कात्र्तिक ३ गते, बयरवन । मोरङको कानेपोखरी गाउँपालिकामा समुदाय स्तरमा थप ११ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । यो सँगै अघिल्लो नतिजाको तुलनामा संक्रमितको संख्या घट्ने क्रम रहेको छ ।
विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका र संक्रमितको कन्टयाक्ट ट्रेसिङ परेका २८ जना मध्ये ११ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
पीसिआर टेष्टको लागि असोज २९ गते लिएको स्वाबको रिपोर्ट हिजो बेलुका गाउँपालिकाको स्वास्थ्य शाखामा आएको स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए ।
यस अघि जनप्रतिनिधि, गाउँपालकाको कर्मचारी, बैंक तथा वित्तिय संस्थाको कर्मचारी र राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई कोरोन संक्रमण भएको थियो ।
यस अघि गाउँपालिकाको स्वास्थ्य शाखाले कन्टयाक्ट ट्रेसिङमा परेकाहरुको पीसिआर टेष्टमा ५ जना, ८ जना र १२ जना गरेर कोरोना संक्रमणको रिपोर्ट आएको थियो । कन्टयाक्ट ट्रेसिङ परेकाहरु मध्ये एकजना व्यक्ति दोहोरिएका छन् भने धेरै जसोले कोरोना जितेका छन् ।