मङ्लबार, बैशाख १५, २०८३

चित्तल सहित पथरीका शम्भू बुढाथोकी पक्राउ

कात्र्तिक १९ गते, पथरी । मृत चित्तल सहित पथरीका एक जना व्यापारीलाई मोरङको कानेपोखरी जंगलबाट इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कानेपोखरी–७, स्थित छधाँरे पूर्वबाट पथरीशनिश्चरे–१ बस्ने शम्भु बुढाथोकीलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो ।

मंगलबार दिउँसो १ बजेको समयमा प्रहरले सूचनाको आधारमा बुढाथोकीले प्रयोग गरेको प्रदेश १–०२००२ च ३७०० नं. को महेन्द्रा कम्पनीको कालो जिपमा राखेर ल्याएको लगभग ३० केजीको पोथी हरिण पक्राउ गरेको डिएसपी दिलिप कुमार गिरीले बताए ।

पक्राउ पछि इप्रका पथरीले मुजुल्का बनाएर कारवाहीको लागि मृत चित्तल र शम्भु बुढाथोकीलाई सब डिभिजन वन कार्यालय कानेपोखरीलाई साँझ ४ बजे जिम्म दिएको डिएसपी गिरीले बताए । पक्राउ गरिएको जिप भने इप्रका पथरीमै राखिएको छ ।

अनुसन्धान गरी कारवाहीको लागि बुढाथोकीलाई सव डिभिजन कार्यालय बेलबारीको हिरासदमा राखिएको सब डिभिजन वन कार्यालय कानेपोखरीका वन अधिकृत तुलसिदास यादवले बताए । अधिकृत यादवका अनुसार बुढाथोकीलाई वन्यजन्तु चोरी सिकारी अन्तरर्गत मुद्दा चलाउने तयारी रहेको बताए ।

कानेपोखरी चोक देखि पूर्व राजमार्गमा सवारी साधनको ठक्करबाट चित्तलको मृत्यु भए पछि चित्तल लिन पथरीबाट जिप ल्याएर बुढाथोकीले उठाएर लगेको हुन सक्ने बताए पनि त्यसको सत्य के हो भन्ने बारेमा अनुसन्धान भैरहेको वन अधिकृत यादवले बताए ।

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.