पुस २१ गते, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिकाले गाउँपालिकाको दुई वडामा विपन्न वर्गका दुई घर परिवारलाई राहत वितरण गरेको छ ।
गाउँपालिकाका उपाध्यक्ष राजमती इङ्नामको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत गायत्र श्रेष्ठ, अधिकृत गोविन्द फुयल, गाउँपालिकाका प्रवक्त तथा वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकी र कार्यपालिका सदस्य मुना श्रेष्ठ सहितले संयुक्तरुपमा वडा नं. २ र ४ मा राहत वितरण गरेको हो ।
वडा नंं ४ का नरमाया श्रेष्ठलाई १ बोरा चामल, २ थान न्यानो कमल, २ थान सिरानी र वेड म्याड २ थान राहत स्वरुप सहयोग गरेका छन् । नरमायाले आफ्नो बुबा गंगाबहादुर श्रेष्ठ गत पुस ११ गते निधन पछि काजकिरिया गर्दै छन् । छोराहरु नभएपछि आफ्नो बाबुको पार्थिक शरीरमा दागबत्ती दिएर हिन्दूधर्म परम्पराअनुसार काजकिरिया गरिरहेका छन् ।
त्यसैगरी वडा नं. २ का जयराम झागडको परिवारलाई पनि १ बोरा चामल, २ थान न्यानो कमल, २ थान सिरानी र वेड म्याड २ थान राहत प्रदान गरेको छ ।